ऐतिहासिक प्रसंग

जसले शास्त्र र शस्त्रको समन्वय स्थापित गरे

अन्यायको विरुद्ध संधर्ष गर्नु प्रत्येक धर्मशील व्यक्तिको मनोचित् कर्त्तव्य हो

पौष ०८,२०७५

-आस्था न्युज

८ पौष २०७५ काठमाण्डौ l 

 

परशुराम भगवान शिवजीसंग शिक्षा प्राप्त गर्दै थिएl आफ्ना शिष्यहरुको मनोभूमि परीक्षण गर्न समय-समयमा भगवान शिवले परीक्षापनि लिने गर्दथेl एकदिन गुरुले कुनै अनैतिक कार्य गरेर छात्रहरुको प्रतिक्रिया जान्न चाहेl जब अन्य छात्रहरु त संकोचवशात केही भन्न र गर्न सकेनन् तब परशुरामसंग मूकदर्शक बनिरहन सकेनन्l उनी गरुविरुद्ध लड्नको लागी खड़ा भए, र साधारण सम्झाउने-बुझाउनेबाट समस्याको समाधान भएन तब उनले फर्सा (बन्चरो) ले प्रहार गरेl

 

चोट गहिरो लाग्योl भगवान शिवाजीको टाउको फुट्योl तर उनले नराम्रो मानेनन् वरन् संतोष व्यक्त गर्दै गुरुकुलको समस्त छात्रहरुलाई सम्बोधन गर्दै भने- “अन्यायको विरुद्ध संधर्ष गर्नु प्रत्येक धर्मशील व्यक्तिको मनोचित् कर्त्तव्य होl फेरी अन्याय गर्नेवाला कतिनै उच्च स्थितिको किन नहोस्l संसारबाट अधर्म यसैप्रकार मेटिन सक्छl यदि उसलाई सहन गरिँदै रहियो भने यसले अनीति बढ्नेछ र एउटा सुंदर संसारमा अशांति उत्पन्न हुनेछl परशुरामले धर्मरक्षाका लागी जुन साहस प्रस्तुत गरेका छन् त्यसबाट म अत्यन्तै प्रभावित एवं प्रसन्न भएको छुl”

 

भगवान शिवले आफ्नो यस शिष्यलाई उठाएर छातीमा लगाएl उनलाई अव्यर्थ (व्यर्थरहित) परशु उपहार दिँदै आशा प्रगट गरे कि उनिद्वारा संसारमा फैलिने अधर्मको उन्मूलन हुने एउटा ठुलो लोक-सेवा हुनेछl भगवान शिवले आफ्ना शिष्यहरुलाई अरुपनि उपदेश दिँदै भने- “मेरा प्यारा शिष्य हो! केवल दान, जप, तप, उपवास नै धर्मको लक्षण होइन, अनीतिसंग लड्नका लागी लिइएको कठोर व्रतपनि धर्मकै एक अंग होl अधर्मको उन्मूलन र धर्मको संस्थापक एउटै रथको दुईवटा पहिया हुन्l दुबैको क्रम-चक्र ठीकसंग चल्नाले सृष्टि संतुलन ठीक रहन्छl

 

परशुरामको धर्म संघर्ष वृत्ति अलिकती पनि अनुचित छैनl परीक्षाको लागी मैले अनुचित कार्य गरेको थिएं र तिमीहरु सबैमा त्यसको प्रतिक्रिया हेर्न चाहेको थिएंl परशुराम सफल भए यसमा मलाई गर्व छl यस गर्वलाई प्रख्यात गर्नको लागी परशु-प्रहारको चिन्हलाई भगवान शिवले सुरखित बनाइराखेl उनको सहस्र नामहरुमा एउटा नाम ‘परशुखण्ड’ पनि विख्यात छl

 

त्यसै समय हैहय वंशीय क्षत्रीय राजपदले मदान्ध भैरहेका थिएl रावण, कार्तवीर्य अर्जुन, हिरण्यकश्यप जस्ता अपराध प्रवृत्ति भएका दुष्टहरुको बोलबाला बढेको थियोl स्वार्थवश चाहे जोसुकैसंग पनि जघन्य व्यवहार गर्न उतारु हुन्थेl भृगुवंशी पुरोहितहरुले यस्तो नगर्नु भनेर सम्झाउँदा कुपित भएर उल्टै आक्रमणकारी बनेl घर जलाइदिए, स्त्रीहरुसंग बलात्कार गरे, जसले उनलाई सम्झाएका थिए उनिहरुको टाउको काटिदिएl जो-जो बचे तिनिहरु माहिष्मती नगरी छोडेर साबरमती गएl

 

यीनै पुरोहितहरु मध्येका जमदग्नि नामक पुरोहितका पुत्र थिए परशुराम! उनी भगवान शिवसंग शिक्षा त प्राप्त गर्दै थिए साथै अत्याचारीहरुको विरुद्ध उनको मनमा निरन्तर आगो बलिरहन्थ्योl उनले सोच्ने गर्थे गुरुबाट जुन शक्ति मिल्नेछ उसलाई अन्याय र अत्याचार विरुद्ध संधर्ष गर्नमा प्रयुक्त गर्नेछुl बालक परशुरामको निष्ठा परखनको लागी नै भगवान शिवजीले त्यस्तो प्रसंग प्रस्तुत गरेका थिएl जब बालकले गुरुकै टाउको फोरिदियो तब भगवान शिवलाई विश्वास भयो कि बालकमा लौह पुरुषको गुण विद्यमान छ र उसले अधर्मको उन्मूलनहुने जन-आकांक्षा पूरा गर्नेछl भगवान शिवजीको आशीर्वाद पाएर उनको शिक्षा र विभूतिहरुले सुसज्जित भएर परशुराम अनाचार विरोधी अभियानको तयारी गर्न लागेl

 

परशुरामको मनसाय त्यस समयको शासक कार्तवीर्य अर्जुनले थाहा पाउँदा ऊ निकै क्रोधित भयो र परशुरामलाई समात्न उनको आश्रममा सेनासहित आक्रमण गर्योl उनी आश्रममा नभेटिएकाले उनको पिता जमदग्निलाई भांति-भांतिले अपमान गरेर उनको पुस्तकालयलाई नष्ट-भ्रष्ट गरिदियोl परशुराम जब आश्रम फर्किए तब आश्रमको अवस्था देखेर उनको क्रोधको सीमा रहेनl उनले आफ्नो दुर्दान्त परशु लिएर एक्लै नै माहिष्मती नगरी पुगी कार्तवीर्य अर्जुनलाई समाती उसको दुबै भुजा आफ्नो परशुले काटिदिए र सबै सेनाहरुलाई धनुष-बाणले समाप्त गरेl यसरी परशुरामले २१ पटकसम्म अन्यायी,अत्याचारी क्षत्रीय राजाहरुको विनाश गरी समाजमा शांति,सद्भावना कायम गर्ने कोशिश गरेl