अन्तर्राष्ट्रिय प्रसङ्ग
जेठ ०५,२०७४
-एजेन्सी
जेष्ठ ५, २०७४-
हेगको अन्तर्राष्ट्रिय अदालतले एक भारतीय व्यक्तिमाथिको मृत्युदण्ड दिने सजायलाई रोकेको छ I पाकिस्तानको जेलमा रहेका भारतीय कुलभूषण जाधवको मृत्युदण्ड दिने सजायलाई विहीवार रोक लगाएको हो। अदालतले उनको मुद्धाको अन्तिम किनारा नभएसम्म मृत्युदण्डको सजाय नगर्न भनेको छ ।
बीबीसीका अनुसार अदालतको यो निर्णय आएपछि भारतीय विदेशमन्त्री शुस्मा स्वरोजले ट्वीट गर्दै अन्तर्राष्ट्रिय अदालतको फैसलाले कुलभूषणका परिवार र पुरै भारतको लागि राहतको खबर भएको बताएकी छन् । जासुसीको आरोपमा पाकिस्तानको अदालतले जाधवलाई मृत्युदण्ड दिने सजाय सुनाएको थियो । भारतीय नौसेनाका पूर्व अधिकारी जाधव करीव एक वर्षदेखि पास्कितानी जेलमा बन्दी छन् ।
पाकिस्तानको विदेश मन्त्रालयका प्रवक्ता नफीस जकारियाले भारत कुलभूषण जाधको मुद्धालाई अन्तर्राष्ट्रिय अदालतमा लगेर आफ्नो सक्कली अनुहार देखाएको आरोप लगाएको छ । उनले पाकिस्तानले जाधव विरुद्ध बलिया प्रमाणहरू अन्तर्राष्ट्रिय अदालतमा पेश गर्ने बताएका छन् । भारतले उनको मृत्युदण्डलाई टार्न अन्तर्राष्ट्रिय अदालतको ढोका ढक्ढकाएको थियो । रोयटर्सका अनुसार उनी मार्च २०१६ मा पाकिस्तानको बलुचिस्थानबाट गिरफ्तार गरिएका थिए ।
प्रमुख समाचार
सम्वन्धित समाचार