आर्थिक प्रसङ्ग
जेठ ०५,२०७४
-
जेष्ठ ५, २०७४-
हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाले ५ जनालाई हिरासतमा लिएको छ I बुधबार पक्राउ परेका उनीहरुलाई बिहीबार सार्वजनिक गरिएको छ । प्रहरीले उनीहरूबाट ५५ लाख रुपैयाँ, ल्यापटप तथा डायरीलगायतका सामान बरामद गरेको जानकारी दिएको छ।
जनकपुर उपमहानगर पालिकाको राष्ट्रिय वाणिज्य बैंक रहेको भवनको भुइँतलास्थित गल्लीबाट उनीहरूलाई पक्राउ गरिएको धनुषाका नायब प्रहरी उपरीक्षक मनोजकुमार यादवका बताए ।
पक्राउ पर्नेमा रघुनाथपुर ४ का ३७ वर्षीय महादेव राउत, एकरहिया १ का २० वर्षीय अरुण दास, रघुनाथपुर ४ घर भई हाल क्षिरेश्वरनाथ नगरपालिकामा बस्दै आएका ३४ वर्षीय विष्णुदेव राउत, सवैला नगरपालिका २ का ४० वर्षीय विन्देश्वर राउत र रघुनाथपुर ४ का २० वर्षीय रोशनकुमार महरा रहेका छन् ।
प्रमुख समाचार