Trending :
 

इन्डोनेसियामा सुनामी: ज्यान गुमाउनेको संख्या ३७०,१२८ जना अझै बेपत्ता

पौष १०,२०७५

-

१० पौष २०७५ एजेंसी l 
 
 
इन्डोनेसियाको क्राकातोए ज्वालामुखी बिस्फोटपछि आएको सुनामीका कारण ज्यान गुमाउनेको संख्या ३७० नाघेको छ।
 
 
अहिलेसम्म सुनामीका कारण कम्तिमा ३७३ जनाको ज्यान गएको पुष्टि भएको इन्डोनेसियाको विपद व्यवस्थापन एजेन्सीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।
 
 
शनिबार राति गएको सुनामीका कारण इन्डोनेसियाको जाभा र सुमात्राका आइल्याण्डमा बढी प्रभाव परेको छ। ज्वालामुखी बिस्फोट भएका कारण आइल्याण्डसँग जोडिएको समुद्री क्षेत्रमा पानिमुनि पहिरो गएको हो। जसले गर्दा सुनामी आएको हो।
 
 
सुनामीका कारण १४ सय ५९ जना घाइते भएका छन् भने १२८ जना अझै बेपत्ता रहेको एजेन्सीले जनाएको छ। एनाक क्राकातोए ज्वालामुखी आइतबार फेरि बिस्फोट भयो, त्यहाँबाट लाभा र खरानी निस्कियो।
 
 
अझै बिस्फोट हुन सक्ने र फेरि सुनामी जान सक्ने भएकाले सचेत रहन भनिएको छ। राजधानी जकार्ताबाट नजिकै रहेको विश्व प्रशिद्ध पर्यटकीय गन्तव्य आसपासमा सुनामीको असर परेको हो।
 
 
सुनामीका कारण सन्डा स्ट्रेटका पानडेग्लाङ्ग, सेराङ्ग र दक्षिण लामपुङ्ग क्षेत्र प्रभावित भएका छन्। क्राकातोए ज्वालामुखीबाट निस्कएको लाभा पाँच सय मिटर माथिसम्म गएको थियो।
 
 
यसअघि सन् २००४ को डिसेम्बर २६ मा भूकम्पपछि गएको सुनामीमा परेर १३ देशका दुई लाख २६ हजार मानिसको ज्यान गएको थियो। यसरी ज्यान गुमाउनेमा इन्डोनेसियाका एक लाख २० हजार भन्दा धेरै थिए।