Trending :
 

क्यान्सरपीडित बालबालिकासँग ऐश्वर्याले मनाइन् क्रिसमस

पौष १०,२०७५

-

१० पौष २०७५ एजेंसी l 
 
 
मुम्बइ। बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनले क्यान्सरपीडित बालबालिकासँग क्रिसमस मनाएकी छिन् । टाटा मेमोरियल अस्पतालमा भएको क्रिसमस उत्सवमा करिब २ सय बालबालिका सहभागी थिए। 
 
 
त्यहाँ उपस्थित बालबालिकालाई ऐश्वर्याले गिफ्ट दिइन् र बालबालिकाको आग्रहमा डान्स पनि गरिन्। ऐश्वर्यालाई आफूहरुसँग देखेर बालबालिका पनि निकै खुसी भएका थिए ।
 
 
क्रिसमस उत्सवपछि ऐश्वर्यालय सामाजिक संजालमा फोटो शेयर गरिन्। फोटा शेयर गर्दै ऐश्वर्याले बालबालिकासहित, डाक्टरहरु, बालबालिकाका परिवार तर उनीहरुको हेरचाह गर्ने सबैलाई क्रिसमसको शुभकामना दिइन्।