Trending :
 

शेर्पा संघ दक्षिण कोरियाद्वारा ग्याल्बो ल्होसार साँझ मनाउने

पौष १०,२०७५

-

१० पौष २०७५ काठमाण्डौ l 
 
 
सौल कोरिया। शेर्पा संघ दक्षिण कोरियाद्वारा अगामी फेब्रुअरी ४ तारिक साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कार्यक्रम आयोजना हुने भएको छ।
 
 
‘भाषा लिपि, मौलिक चाडबाड हाम्रो पहिचान, ऐतिहासिक संस्कृति र परम्परा संरक्षण र विकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको राष्ट्रिय मौलिक पर्व स खम फाग ल्हो २०४६ औं ग्याल्बो ल्होसार साँझा सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो।
 
 
संघको महासचिब थुतुङ्ग ग्यल्जी शेर्पाले दिएका जानकारी अनुसार यस वर्ष पनि कोरियाको नयाँ वर्ष (सलनाल) को अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिनेछ।
 
 
२०४६ औं ग्याल्बो ल्होसार साँझा सांस्कृतिक कार्यक्रमको राजधानी सौलको दोङ्ग्देमुन दंग्सिब्री याक स्थित ८८ खुल्ला थेक हलमा कार्यक्रम आयोजना हुने भएका छन्।
 
 
कोरियामा क्रियाशील संघ–संस्था र नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माझ एकता र सद्भाव बढाउन शुभकामना आदान–प्रदान गर्न शेर्पा संघद्वारा यस पटकको सांस्कृतिक कार्यक्रम भब्य सफल बनाउन स्थानीय कलाकारहरुले राष्ट्रिय मौलिक पहिचान झल्किने बिभिन्न नृत्य तथा गीत संगीतको तयारी गरिरहेको आयोजक कमिटिको सदस्य युगेल तेन्डूब शेर्पाले जानकारी दिए।
 
 
कार्यक्रममा आवश्यक साउण्ड सिस्टम हलमा रहेता पनि गीत संगीतलाई थप उच्चस्तरको आवाज दिनका लागि साउन्ड सिस्टम बाहिरबाट हायर गरी थप गर्ने कोषाध्यक्ष गुरु निमाले बताए। यसपटक ग्याल्बो लोसार विशेष साँस्कृतिक कार्यक्रममा उपस्थित हुने महानुभावहरुलाई आयोजक कमिटीको तर्फबाट उपलब्ध हुने स्वागत सत्कार सेवा सुविधाको कुनै कमी महसुस हुन नदिन ब्यापक स्वयम सेवक परिचालन गरी ब्यवस्थित गरिने भएको छ।
 
 
संघले कार्यक्रम ऐतिहासिक तथा सफल बनाउन हरेक कुराको व्यवस्थापन नयाँ र फरक तरिकाले व्यवस्थित्त गर्ने प्रयास गरी रहेको अध्यक्ष सेर शेर्पाले बताए। ग्याल्बो लोसार कार्यक्रममा कोरियामा रहेका बिभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार, व्यापारी, विद्यार्थीलगायतका नेपालीहरूको उपस्थिति रहने आयोजक कमिटीले जनाएको छ।
 
 
कार्यक्रम सौलको वाङसिपनी याक लाइन नं २ ख्याबो सेम्योंग बिल्डिङमा २०१८ फरवरी १६ तारिक साँझ ७ बजे बजेदेखि बिहान ५ बजेसम्म हुने आयोजक कमिटीले जनाएको छ। डिसी नेपाल