लघुकथा

‘गुलाबको वृक्ष’ लघुकथा!

उसले यो निर्णय भने गर्नै सकेन कि ती अभागी थिए कि भाग्यमानी

पौष १०,२०७५

-माधव प्रसाद गर्तौला

१० पौष २०७५ काठमाण्डौ l 

 

गुलाबको वृक्षमा फुल र काँडा नजिक-नजिकै बसेका थिएl दुबै मनैमन आफुलाई सुखी र साथीलाई दुखी मानिरहेका थिएl एकदिन अवसर पाएर दुबैले आपसमा वार्तालाप प्रारम्भ गरी आफ्नो मनको कुरा एक-अर्कालाई भन्न शुरू गरेl

 

काँडाले फुललाई भन्यो- “बन्धु! तिमीलाई अत्याचार पीड़ित जीवन यापन गर्नुपर्छl मालिले तिमीलाई निर्दयतापूर्वक पूर्ण यौवनमा नै टिपेर लैजान्छl माला बनाउनको लागी सियोले तिम्रो हृदय छेदन गर्छl कस्तो हो यो विधिको विडम्बना!”

 

फुलले उत्तर दिनुभन्दापूर्व आफ्नो मनको शंकाको निवारण गर्न उचित ठान्दै भन्यो- “यशस्वी सुंदर वृक्षमा जन्म लिएरपनि तिमीलाई काँडाको शरीर मिल्यो, जसले स्पर्श गरेपनि तिमीलाई लांछित गर्छl विधाताले कस्तो दुर्भाग्यपूर्ण जीवन तिमीलाई दिएको होला!”

 

दुबैको एक-अर्काको संबंधमा मूल्यांकन उनको आफ्नो दृष्टिले सही थियो, तर आफ्नो बारेमा जे उनले सोचेर राखेका थिए त्यो अपेक्षाभन्दा सर्वथा भिन्न थियोl

 

फुलले दुर्भाग्यको आरोपणको प्रतिवाद गर्दै भन्यो- “म आफुलाई भाग्यमानी मान्दछुl मालिको कृतज्ञ छुl जसले मेरो नगण्यजस्तो अस्तित्वलाई देवता र महामानवहरुको गलाको आभूषण बनाइदियोl”

 

फुलको यस्तो कुरा सुनेर कांडाले भन्यो- “म कसैको हाँगामा लाग्न जाँदिनl अरुको विभूति हड्पिनेवालाले जब तिमिमाथि हात हाल्दछन् तब मेरो माध्यमले आफ्नो आक्रमणको प्रकृतिप्रदत्त फल पाउँछन्l फेरी यदि मैले आफ्नो सहोदर भ्राताको जीवनरक्षा गर्नुको कारण यदि बदनाम नै हुन्छु भने त्यसमा मलाई भाग्यमानी नै मानिनुपर्छl

 

गुलाबको वृक्षले यस विवादलाई मनोयोगपूर्वक सुनिरहेको थियो, तर उसले यो निर्णय भने गर्नै सकेन कि ती अभागी थिए कि भाग्यमानी...!!