प्रेरणास्पद प्रसंग

‘आत्मवत् सर्वभूतेषु’को संदेश दिनेवाला स्वामी रामतीर्थ

रामतीर्थले हाँस्दै उनको काँधमा हात राखेर भने-“तपाईं नै त्यो मित्र हुनुहुन्छ!"

पौष १०,२०७५

-माधव प्रसाद गर्तौला

१० पौष २०७५ काठमाण्डौ l 

 

‘आत्मवत् सर्वभूतेषु’को संदेश दिनेवाला स्वामी रामतीर्थ अमेरिका पुगेl जहाज सान फ्राँसिस्को बन्दरगाहमा आएर रोकियोl जहाज रोकिने बित्तिकै सबै यात्रीले हतार-हतार आफ्नो सामान सम्हाल्न लागेl सबैमा ओर्लिने आतुरी र उत्सुकता देखिइरहेको थियोl जहाजको एकतर्फ कुनामा एकजना व्यक्ति शान्तभावले बसिरहेका थिएl उनको मुखमा न कुनै आतुरता थियो न ओर्लिनकै लागी हतारl

 

उनलाई एकजना अमेरिकन व्यक्तिले हेरिरहेका थिए, र अन्तमा उनले सोधे- “महाशय! हजुरलाई यहाँ ओर्लिनु छैन? आफ्नो सामान किन सम्हालिरहनुभएको छैन?”

 

स्वामी रामतीर्थले आफ्नो स्वभाविक मुस्कराहटको मुद्रामा प्रत्युत्तर दिँदै भने- “मसंग कुनैपनि सामान छैन!” त्यसो भए पैसा त होला नी साथमा, जसले खान-पिनको लागी सहायता गर्छ? ती व्यक्तिले सोधे- “म आफुसंग पैसा पनि राख्दिन स्वामी रामतीर्थले जवाफ दिएl” त्यसो भए तपाईंको यहाँ कुनै मित्र छन् होला, उहाँकै घर आउनुभएको हो? यो ती व्यक्तिको तेस्रो प्रश्न थियोl

 

स्वामी रामतीर्थमा प्रचंड आत्मविश्वास थियो र सबैमा आफ्नै आत्मा हेर्ने आत्मभाव पनिl यसै आधारलाई लिएर त उनी यति लामो यात्रा गरिरहेका थिएl

 

स्वामी रामतीर्थले ती व्यक्तिलाई प्रत्युत्तर दिँदै भने- “हो, यहाँ मेरा एकजना मित्र छन्, उनकै घरमा मलाई निवास गर्नुछ र उनले मेरो सहायता गर्नेछन्l” ती मित्र को हुन्? अमेरिकन व्यक्तिले सोधेl स्वामी रामतीर्थले हाँस्दै उनको काँधमा हात राखेर भने- “तपाईं नै त्यो मित्र हुनुहुन्छ!”

 

प्रेमको पवित्रताले प्रभावित भएका ती व्यक्ति साँच्चिकै उनको परम मित्र भएl जबसम्म स्वामी रामतीर्थ अमेरिकामा बसे, उनकै घरमा निवास गरेl उनलाई कुनैप्रकारको अभाव र कष्ट भएनl