Trending :
 

अमेरिकी सरकारको हिरासतमा ग्वाटेमालाका एक बालकको मृत्यु

पौष ११,२०७५

-

११ पौष २०७५ एजेंसी l 
 
 
ग्वाटेमालाका आठ वर्षीय एक बालकको अमेरिकी सरकारको हिरासतमा मृत्यु भएको आप्रवासन अधिकारीहरूले बताएका छन्। 
 
 
टेक्ससका संसद्ले उक्त बालकको नाम फेलिपे अलोन्जो–गोमेज भएको बताएका छन्। अमेरिका र मेक्सिकोको सीमामा हिरासतमा लिइएको नाबालकको मृत्यु भएको यही महिनामा दोस्रो घटना हो। यसअघि ग्वाटेमालाकी सात वर्षीया जेकलिन काल हिरासतमा लिइएको केही घन्टाभित्रै मृत्यु भएको थियो। टेक्ससका सांसद याआक्विन कास्त्रोले बालकको मृत्युमा संसदीय अनुसन्धानको माग गरेका छन्। 
 
 
‘आप्रवासी र शरणार्थीहरूलाई मानवीय गरिमा प्रदान गर्ने सुनिश्चितता हामीहरूले गर्नुपर्छ र अमेरिकी सरकारको हिरासतमा लिइएको जोकोहीलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ,’ उनले भनेl हजारौं आप्रवासीहरू मध्य अमेरिकाबाट अमेरिकी सीमामा पुगेका छन्। उनीहरू आफ्नो देशमा दमन, गरीबी र हिंसाबाट भागिरहेको बताउँछन्। उनीहरू अमेरिकामा सेटल हुने आशा लिएर बसेका छन्  
 
 
बालक क्रिसमसको मध्यरातमा मरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायले जनायो वक्तव्यमा उक्त निकायले आठ वर्षीय बालक सोमवारमा बिरामीको संकेत देखिएको जनायो। 
 
 
बालक र उनका पितालाई न्यु मेक्सिकोको आलमोगोर्दोस्थित अस्पताल लगिएको र उनलाई चिसो र ज्वरो लागेको थाहा भयो। उनलाई एमोक्सिसिलिन र इबुप्रोफेन दिइएको र सोमवार दिउँसो छुट्टी दिइएको थियो। बान्ता गर्न थालेपछि उनी सोमवार साँझ अस्पताल फर्केका थिए र केही घन्टापछि उनको त्यहीँ निधन भयो।