ज्ञानको महिमा

‘आत्माको सर्वव्यापकता’आद्य जगद्गुरु शंकराचार्य!

नित्य-शाश्वत,विभु आत्मालाई कसरी पृथक गर्न सकिन्छ?

पौष ११,२०७५

-माधव प्रसाद गर्तौला

११ पौष २०७५ काठमाण्डौ l

 

ब्रह्ममुहूर्तको समय थियोl आद्य जगद्गुरु शंकराचार्य गंगा-स्नान गरेर आउँदै थिएl पवित्र वेद-मन्त्रको उच्चारण गर्दै आफ्नो आश्रमतर्फ बढिरहेका थिएl

 

एकजना तल्लो जातको व्यक्ति सड़कमा झाड़ू लगाइरहेको थियोl ऊ बाहिरबाट हेर्दा मैलो वस्त्र लगाएको फोहोरी देखिन्थ्योl जनता-जनार्दनको सेवा पूरा निष्ठाले गर्दथ्यो, यस कार्यलाई उसले भगवानकै सेवा मान्दथ्योl जुन कर्म उसलाई प्राप्त भएको थियो, उसलाई गर्नमा न त उसको मनमा घृणा थियो र न कुनै उदासीनता नैl ऊ कर्ममा नै भगवानको दर्शन गर्थ्योl

 

एका-बिहानै फोहोरलाई आफ्नो अगाड़ी देखेर जगद्गुरुले आँखा-नाक खुम्च्याउँदै भने- “ए....पर जा! मेरो गंगा-स्नान व्यर्थ गरिदिन्छस् कि के हो?” अद्वैतवादको प्रतिपादक जगद्गुरु कहलाउनेवालाको यस्तो कुरा सुनेर उसलाई आश्चर्य भयोl जीव-जीवमा, प्राणीमात्रमा एउटै ईश्वरको प्रतिपादन गर्नेवालामा यति धेरै दृष्टि-दोष त्यो व्यक्तिले भाव भरिएको नम्र शब्दमा सोध्यो- “भगवन्! के शरीरबाट शरीर टाढा हटाउनको लागी भन्दैहुनुहुन्छ कि आत्मालाई आत्माबाट पनिl म समस्यामा छु, हजुरको कुरा बुझ्न सकिरहेको छैनl शरीरबाट शरीर टाढा कसरी हटाउन सकिन्छ? किनकी एउटै पदार्थले हाम्रो शरीर बनेको छl जतिसुकै पृथक देखिएपनि पृथक भने हुन सक्दैनl

 

र रह्यो कुरा आत्माको त्यो त अखण्ड छ, एक छ, सम्पूर्ण प्राणीमा एकसमान व्याप्त भएर रहेको छ उसलाई कसरी टाढा हटाउन सकिन्छ? किनकी त्यो मात्रै शाश्वत छ, त्यसबाहेक सबै पदार्थ नाशवान छन्l नित्य-शाश्वत, विभु आत्मालाई कसरी पृथक गर्न सकिन्छ?”

 

उसको विवेकपूर्ण प्रश्नले शंकराचार्यलाई भित्रैबाट कम्पित गरिदियोl उनले केहीपनि भन्न सकेनन्l निरुत्तर भई आफ्नो अज्ञानबाट लज्जित भएर उनले भने- “देव! विद्वान् मानिने म अज्ञानीमाथि कृपा गरेर मलाई क्षमा गरिदिनुस्l”