Trending :
 

साउदी विदेशमन्त्री आदिल अल जुबैर कार्वाहीमा

पौष १३,२०७५

-

१३ पौष २०७५ एजेंसी l 
 
 
रियाद। साउदी विदेशमन्त्री आदिल अल जुबैर कार्वाहीमा परेका छन्। उनको मन्त्री पद नै घटुवामा परेको छ।
 
 
अरेबियाका राजा सलमानले पत्रकार जमाल खसोग्जी हत्या प्रकरणलाई  लिएर अन्तर्राष्ट्रिय समुदायलाई मिलाउन नसकेको आरोप लगाउँदै जुबैरलाई घटुवा गरेका हुन्। 
 
 
जुबैरलाई विहीबार एक तह घटुवा गरेर विदेश राज्यमन्त्री बनाइएको छ। उनको स्थानमा पूर्व अर्थमन्त्री इब्राहिम अल आसफलाई विदेशमन्त्री बनाइएको छ। 
 
 
पत्रकार खसोग्जीको गत अक्टोबर ३ का दिनदेखि टर्कीस्थित साउदी दूतावासबाट बेपत्ता भएका थिए। साउदी अरेबियाले शुरुमा हत्या नभएको बताउँदै आएको थियो। तर अन्तर्राष्ट्रिय दवाव बढेपछि हत्या भएको स्वीकारेको थियो। 
 
 
सो घटनाबारे अमेरिकी संसदको समितिले साउदी युवराजलाई उनकै निर्देशनमा घटना भएको आरोप लगाएको थियो।