अन्तर्राष्ट्रिय प्रसङ्ग
जेठ ०५,२०७४
-
५,जेठ,जापान-
जापानका सम्राटकी नातिनी राजकुमारी माकोले शाही हैसियत त्याग्ने भएकी छिन Iराजकुमारी माकोले एक कानुनी सहायकसंग प्रेमबिबाह गर्नको लागि शाही हैसियत त्याग गर्न लागेकी हुन् I
माको हलाका सम्राटकी जेठी नातिनी हुन् । जापानको शाही कानुन बमोजिम सर्वसाधारणसँग विवाह गरे राजकुमारीले शाही परिवार त्याग्नु पर्छ।
राजकुमारी माको र उनको प्रेमीको केइ कोमुरोको भेट सन् २०१२ मा भएको थियो I उनीहरुले टोकियो स्थित इन्टरनेशनल क्रिश्चियन युनिभर्सिटिमा सँगै अध्यन गरेका थिए त्यसैबीच उनीहरुको प्रेम झाँगिएको थियो I
जापानको राजपरिवार इम्पेरियल हाउसहोल्डले सीएनएनसँग राजकुमारीको इंगगेंजमेन्टको तयारीबारे योजना भइरहेको बताएको छ।
हाल ८३ वर्ष पुगेका सम्राट अकिहितोले गत अगस्ट महिनामा अब आफ्नो उमेरले नियमित कार्यभार सम्हाल्न अप्ठ्यारो पर्न सक्ने भन्दै गद्दीत्यागको संकेत गरेका थिए।
सम्राटलाई गद्दीत्याग गर्ने बाटो खोल्ने कानुनी परिमार्जनबारे हाल जापानमा समीक्षा भइरहेको छ। गत दुई शताब्दीयता कुनैपनि जापानी सम्राटले गद्दीत्याग गरेका छैनन्।
त्यहाँको विद्यमान कानुनले त्यसो गर्न दिदैंन । नयाँ कानुनले केवल पुरुष उत्तराधिकारको प्रावधान भने परिवर्तन नगर्ने ठानिएको छ।
क्रिसान्थेमम राजसिंहासन भनिने जापानको गद्दीका निम्ति अहिले चार उत्तराधिकारी छन् जसमा अकिहितोका छोराहरु युवराज नारुहितो र राजकुमार फुमिहितो, अनि राजकुमार फुमिहितोका छोरा राजकुमार हिसाहितो तथा सम्राटका कान्छा भाइ राजकुमार मासाहितो।
प्रमुख समाचार
सम्वन्धित समाचार