कादर खानको मृत्युको खबर सामाजिक सञ्जालमा भाइरल
-
१७ पौष २०७५ एजेंसी l
भारतीय फिल्म उद्योगका चर्चित व्यक्तित्व कादर खानको मृत्युको खबर सामाजिक सञ्जालहरुमा भाइरल भएका थिए।
भारतसहित खानका फ्यान रहेका नेपाली फिल्म फ्यानहरुले उनको मृत्युमा समवेदनासमेत दिएका दिए। तर कादर खानका छोरा सरफराजले आफ्ना बुबा अस्पताल भर्ना भएपनि मृत्यु नभएको बताएका छन्।
उनको भनाइ उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाए अनुसार कादरको निधनको हल्ला झुठो हो। सरफराज भन्छन्,‘यो कुरा फर्जी हो र मात्र अफवाह हो, मेरो बुबा अस्पतालमा हुनुहुन्छ। कादर खानलाई स्वास लिन असहज हुन्छ। चिकित्सकले उनलाई निरन्तर भेन्टिलेटरबाट हटाएका छन्',l
कादर खानको निधनको समाचार अल इण्डिया रेडियोको आधिकारिक ट्वीटर ह्यान्डलबाट पनि आएको थियो।
एआइआरको ट्वीट पछि केही मिडियाले उनको मृत्युको समाचार प्रकाशन र प्रशारण गरेका थिए। बलिउड अभिनेता तथा संवाद लेखक काद खानको स्वास्थ्यमा समस्या छ र उनी अहिले क्यानडामा छन्।