भारत शेख हसीनाको जीतबाट खुशी,मोदीले दिए बधाई
-
१७ पौष २०७५ एजेंसी l
एजेंसी l शेख हसीना वाजेदको अवामी लीग दलले बंगलादेशमा सम्पन्न आमचुनावमा बहुमत प्राप्त गरेको छ। जीतसँगै उनी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्नेछिन्।
भारत शेख हसीनाको जीतबाट खुशी छ। छिमेकी पहिला नीतिमा भारतलाई शेख हसीनाबाट समर्थन प्राप्त छ।
भारतले निर्वाचन परिणामलाई बेर नलगाइकनै स्वागत गर्यो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमवार हसीनाको जीतमा बधाइ दिए।
मोदीले छिमेकीका रूपमा बंगलादेशलाई महत्त्व दिन्छ। क्षेत्रीय विकास, सुरक्षा र सहयोगमा निकट साझेदार हो अनि भारतको छिमेक पहिलो नीतिको प्रमुख स्तम्भ हो।
आतंकवादसँगको लडाईं, सम्पर्क मार्ग बनाउने पहल र क्षेत्रीय सहयोगका विषयमा बंगलादेशले भारतलाई लगातार साथ दिइरहेको छ।
दक्षिण एसियामा चीनको उपस्थिति बढ्दै जाँदा बंगालको खाडी र उत्तरपूर्वमा भारतका परियोजनामा हसीनाले प्रमुख सहयोग गर्ने भारतले आशा गरेको छ।
अवामी लीगको नेतृत्वको गठबन्धनले ३०० सदस्य भएको संसदमा २८८ सीट पायो। विपक्षी दलले यो चुनाव ढोंग भएको बताउँदै खारेज गरिदियो।
मतदानका क्रममा भएको हिंसामा १८ जनाको मृत्यु भयो भने २०० भन्दा बढी घाइते भए। विपक्षी नेसनल युनिटी फ्रन्टले सात सीट पाएको छ भने अन्य दलले तीन सीट जिते।
विपक्षी दलले निर्वाचन आयोगलाई तत्कालै चुनाव रद्द गर्न तथा निष्पक्ष अन्तरिम सरकारको मातहतमा फेरि चुनाव गर्न माग गरेको छ।
निर्वाचन आयोगले फेरि चुनाव गराउन अस्वीकार गरेको छ।
बंगलादेश नेसनलिस्ट पार्टीका महासचिव मिर्जा फखरुल आलमगीरले चुनावलाई क्रूर मजाकको संज्ञा दिए। उनी पूर्व प्रधानमन्त्री खालिदा जियाको अनुपस्थितिमा पार्टी कमान्ड सम्हालिरहेका छन्।