Trending :
 

भारतीय चलचित्रका वरिष्ठ अभिनेता कादर खानको निधन

पौष १७,२०७५

-

१७ पौष २०७५ काठमाण्डौ l 
 
 
काठमाण्डौ l भारतीय चलचित्रका वरिष्ठ अभिनेता कादर खानको निधन भएको छ। अभिनेता खानको क्यानडाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो।
 
 
खानका छोरा सरफराज खानले निधनको पुष्टि गरेका हुन्। उनले भनेका छन्, ‘हाम्रा पिता अब हामी माझ रहनु भएन।’
 
 
८१ वर्षका कादर खान अभिनेतासँगै संवाद लेखक पनि हुन्। उनको स्वास्थ्य केही दिनदेखि गम्भीर बनेको थियो। सामाजिक सञ्जालमा उनको निधन भएका खबर पनि आएका थिए।
 
 
सन् १९८० र ९० को दशकमा कादर खानले गोविन्दा र अनिल कपूरसँग धेरै चलचित्रमा काम गरेका थिए।
 
 
उनले सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट बलिउडमा डेब्यु गरेका थिए। खानले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन्।