कुवेतमा नेपालीको मृत्यु संख्या बढ्दै,एकैवर्षमा ४८ जनाले ज्यान गुमाए
-
१७ पौष २०७५ एजेंसी l
कुवेत। नेपाली राजदूतावास कुवेतको तथ्यांकअनुसार रोजगारको लागि कुवेत आएका ४८ जना नेपालीले २०१८ सालमा ज्यान गुमाएका छन। जसमध्ये ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन्।
दूतावासका अनुसार सबैभन्दा धेरै ह्रदयघातका कारण १७ जनाको ज्यान गएको छ । त्यस्तै विभिन्न रोगका कारण ९ जना, सडक दूर्घटनामा परि ८ जना, काम गर्ने ठाउँमा ३ जना, डुबेर १ जना, करेन्ट लागेर १ जनाले ज्यान गुमाएका छन्।
अहिले ५ जनाको मृत्यु अनुसन्धानको क्रममा छ भने ३ जनाले आत्महत्या गरेका छन । त्यस्तै १ जनाको हत्या (मडर) गरि जम्मा ४८ जना नेपालीले गएको वर्ष २०१८ मा ज्यान गुमाएको नेपाली राजदूतावास कुवेतका दितिय सचिव ज्ञान बहादुर मगरले जानकारी दिए।
कुवेतमा करिव १ लाख नेपाली कार्यरत छन्।