Trending :
 

पोल्याण्डमा एक नेपाली युवाको रहस्यमी ढंगबाट मृत्यु

पौष १८,२०७५

-

१८ पौष २०७५ एजेंसी l 
 
 
पोल्याण्ड । पोल्याण्डमा एक नेपाली युवाको रहस्यमी ढंगबाट मृत्यु भएको छ । नेपालको पोखरा स्थायी घर भएका गायक ईश्वर श्रेष्ठ (इशु) को पोल्यान्डमा मृत्यु भएको हो।
 
 
बिगत ४ बर्ष देखि पोल्यान्डको वार्सवामा एभरेस्ट लञ्च रेस्टुरेन्ट सञ्चालन गर्दै आएका श्रेष्ठको रहस्यमय मृत्यु भएको हो। साथीहरुसँग क्रिसमस मनाउन निस्किने बेला म पछि आउँछु भन्दै कोठामा बसेका श्रेष्ठको एकैपटक शव फेला परेको हो। 
 
 
श्रेष्ठको मृत्यु भएको चार दिनपछि पोल्यान्डका अखबारमा एसियन नागरिकको मृत्युु भन्ने खबर छापिएपछि बल्ल ईश्वर श्रेष्ठ भएको पुष्टी भएको थियो । 
 
 
श्रेष्ठको मृत्युबारे नेपाली राजदूतावास जर्मन र सम्बन्धित निकायमा खबर गरिएको एनआरएन पोल्यान्डका संस्थापक अध्यक्ष डा. बोधराज सुबेदीलाई उदृत गर्दै पोल्याण्डका नेपाली अनलाईन मिडियाले जनाएका छन्।