लघुकथा

‘धोबीघाटको ढुंगा' यस्तो पुण्य-सुयोग मैले पनि पाएको भए

यसैले जब मानिसहरु मेरो उपासना गर्दछन्,तब म तिम्रै क्रिया गरिरहेको हुन्छु

पौष १८,२०७५

-माधव प्रसाद गर्तौला

१८ पौष २०७५ काठमाण्डौ l 

 

सरिताको सुरम्य तटमा सुशोभित शिव मन्दिर, नजिकै घाटमा धोबीका ढुंगाहरुl मन्दिरमा प्रतिष्ठित शिवलिंग र धोबीघाटको एउटा ढुंगा दुबै कुनै समय एउटै पर्वतश्रृंखलाबाट साथ-साथै हिंडेका थिएl कालगतिले एउटालाई शिव-प्रतिमा बनायो र अर्कालाई धोबीघाटको सामान्य ढुंगा!

 

धोबीघाटको ढुंगा आत्महीनता अनुभव गरी संधै दुःखी भैरहन्थ्योl एकदिन उसको दुःखको सीमा नै रहेन यसर्थ उसले मन्दिरको शिवलिंगलाई सम्बोधित गरी भन्यो- “हे दाजु! तपाईं धन्य हुनुहुन्छl देव मन्दिरमा प्रतिष्ठित भई भव-बन्धनसंग बाँधिएका प्राणी तपाईंसामु आएर कती धेरै शान्ति, कती धेरै संतोष अनुभव गर्दछन्l यस्तो पुण्य-सुयोग मलाई पनि मिलेको भए...!”

 

शिव-लिंगले आत्म-प्रशंसा सुनेर गंभीर हुँदै भने- “भाई! तिमी दुःखी हुनु निरर्थक छl तिमी जान्दैनौ म त मात्र यहाँ आउनेवाला मानिसहरुलाई क्षणिक शान्ति र शीतलता प्रदान गर्दछुl तिमी त निर्विकार भावले हर-कसैको मैल धोइरहन्छौl तिम्रो साधना धन्य छl यसैले जब मानिसहरु मेरो उपासना गर्दछन्, तब म तिम्रै क्रिया गरिरहेको हुन्छुl

 

धोबीघाटको ढुंगा शिव-प्रतिमाको कुरा सुनेर गदगद भयो र अरु दुईगुणा उत्साहले मानिसहरुको मैल धुन लाग्योl