Trending :
 

दिल्लीमा पंखा बनाउने फैक्ट्रीमा बिस्फोट,७ जनाको मृत्यु

पौष २०,२०७५

-

२० पौष २०७५ एजेंसी l 
 
 
दिल्लीको मोतीनगर स्थित सुदर्शन पार्कमा पंखा बनाउने फैक्ट्रीमा बिस्फोट भएको छ । बिस्फोटमा परी ७ जनाको मृत्यु भएको छ । अहिले उद्दारको कार्य भइरहेको छ।
 
 
डी ब्लकमा घरभित्र भएको बिस्फोटपछि छत खस्दा ७ जनाको ज्यान गएको हो । घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ। अहिले प्रहरी र दमकलको टोली घटनास्थलमा छ। घटनास्थलबाट ८ जनालाई उद्दार गरेर अस्पताल लगिएको छ।
 
 
जानकारीका अनुसार फैक्ट्रीमा सिलिण्डर ब्लास्ट भएको हो ।