Trending :
 

समिर पहिलो

नेपालका समिर तामाङ अष्ट्रेलियाको अल्ट्रा ट्रेलमा पहिलो

तामाङले यस अघि नोर्थ पोल माराथुन २०१७मा तेस्रो स्थान हात पारेका थिए

जेठ ०७,२०७४

-

जेठ ७ -

नेपालका खेलाडि समिर तामाङले अस्ट्रेलियाको ब्लु माउनटेनमा भएको अल्ट्रा ट्रेलमा शनिबार पहिलो स्थान हात पारेका छन् ।

३२ वर्षीय तामाङले निर्धारित ५० किलोमिटर दूरी नेपाली सेनाका समिरले ४ घण्टा ७ मिनेट ९ सेकेन्डमा पूरा गरे ।

अल्ट्रा ट्रेलमा अस्ट्रेलियाका स्टुवर्ट गिब्सन ४ घण्टा ७ मिनेट १९ सकेन्ड समयसाथ दोश्रो भए । फ्रान्सका थिबाउट बारोनियन तेश्रो भए । बारोनियनले दौड पूरा गर्न ४ घण्टा ८ मिनेट ३३ सेकेन्ड समय खर्चे ।

१६४९ प्रतिस्पर्दी रहेको उक्त प्रतियोगितामा तामाङ एक मात्र नेपाली खेलाडि थिए । उनले यस अघि नोर्थ पोल माराथुन २०१७मा तेस्रो स्थान हात पारेका थिए ।