घरमा धन कुन दिशा तर्फ राख्दा वृद्धि हुन्छ? आउनुहोस् जानौं

पौष २३,२०७५

-

२३ पौष २०७५ काठमाण्डौ l 

 

वास्तुशास्त्रमा आफूले मेहेनत गरेर कमाएको पैसा घरमा कस्तो ठाउँमा राख्दा उत्तम हुन्छ भन्ने कुरालाई महत्वका साथ बताइएको छ। घरको कुन दिशामा पैसा राख्दा लक्ष्मीले सदैव वास गर्छिन् भन्ने कुरा पनि स्पष्ट रुपमा उल्लेख गरिएको छ।

 

यदि तपाईं आफ्नो कमाईबाट अर्जित धनको राम्रो संचय गर्न चाहनुहुन्छ भने वस्तुशास्त्रमा बताइएका यी कुराहरुमा राम्रोसंग ध्यान दिनुहोला। वास्तुशास्त्रका अनुसार घरको यी दिशामा आफूले कमाएको पैसा राख्दा राम्रो संचय हुने र दैनिक थप्दै जाँदा धेरै बचत हुनेछ। यसमा शास्त्रले उल्लेख गरे अनुरुप आफूले कमाएको पैसा राख्दा फजुल खर्च समेत नियन्त्रण हुदैं जानेछ र कुनै पनि परिवार वा व्यक्तिले धेरै धन आर्जन गर्न सक्नेछन्।

 

पूर्व दिशा

यदि तपाईंहरु आफूले प्राप्त गरेको पैसा कुनै दराज वा अन्य लकरमा राख्नुहुन्छ भने ती चिजहरुलाई घरको पूर्वी दिशामा राख्नु फलदायी हुनेछ। यसरी संचय गरिएको पैसा निश्चित रुपमा वृद्धि हुँदै जानेछ। तपाईंहरुले घरको पश्चिम दिशामा आफ्ना गरगहना अर्थात् बहुमूल्य वस्तुहरु राख्दा उत्तम हुनेछ।

 

उत्तर दिशा

यदि तपाईंहरुले आफूले पैसा, गरगहना वा अन्य बहुमूल्य वस्तु राखेको दराज उत्तर दिशामा खुल्नेगरि राख्नु भएको छ भने अति उत्तम हुनेछ। यसरी राखिएका यी चिजहरु कहीले नघट्ने र समय बित्दै जाँदा बढ्दै जाने मान्यता रहेको छ।

 

दक्षिण दिशा

यदि तपाईंले पैसा सहित आफ्ना बहुमूल्य वस्तुहरु दक्षिण दिशामा राख्नु भएमा कुनै नोक्सान नहुने तर वृद्धि भने कुनै मात्रामा नहुने कुरा वस्तु शास्त्रमा बताइएको छ। त्यसैले दक्षिण दिशामा यी चिजहरु राख्नु उत्तम मानिंदैन।

 

लकर

कुनै पनि सामान राख्दा यसको प्रकृति अनुसार राख्ने गर्नुपर्दछ। यदि तपाईंले कुनै बहुमूल्य चिजहरु लकरमा राख्नुहुन्छ भने उक्त लकर भित्र भगवती लक्ष्मी श्रीयन्त्र पनि साथै राख्नुहोला। धनकी अधिष्ठात्री देवी मानिएकी लक्ष्मीको श्रीयन्त्र लकरमा राख्दा ठुलो फलदायी हुने र धन वृद्धिमा सहयोग पुग्ने मान्यता रहेको छ।

 

दक्षिण पूर्वी दिशा

यदि तपाईंको घरमा धन सँग सम्बन्ध रहेका केही बहुमूल्य वस्तु छन् भने त्यस्ता वस्तुहरु आफू प्राय: बस्ने गरेको ठाउँ बाट दक्षिण पूर्वी दिशमा राख्नुहोस जसले तपाईंको जीवनलाई ठुलो लाभ पुर्याउने छ।