Trending :
 

आर्थिक प्रसङ्ग

भारतबाट सिए पास गरेर आउनेले अब नेपालमा मान्यता नपाउने

जेठ ०७,२०७४

-

 

७,जेठ,काठमाडौं-

भारतबाट सिए पास गरेर आउनेले अब नेपालमा मान्यता नपाउने भएका छन् Iआफ्नो 'विजनेस'लाइ आफैमा सिमित वा नखोसियोस् भन्ने निहित उद्देश्य राखेर बहालवाला चार्टर्ड एकाउन्टेन्ट (सिए) र दर्तावाल लेखापरीक्षकले भारतबाट सिए पास गरेर आएकाहरुलाई नेपालमा मान्यता नदिने भएका छन्।

 

  बाहिर बाट पढेर आउने र नेपालमै अध्यन गर्ने दुबैतर्फलाइ जोड्दा सिएको संख्या थपिँदै जाने र  प्रतिस्पर्धा बढेर अहिले गर्दै आएको काम खोसिने डर कार्यरत सिए र आरएको हो,' एक सिएले भने, 'राजनीतिक कारणले पनि यस्तो निर्णय हुन लागेको हो।'

 

सिएहरुको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मार्फत १७ जनाको टोलीले बाहिरबाट पढेर आउनेलाई नेपालमा मान्यता नदिने निर्णय गर्न लागेका हुन्। भारतबाट पढेर आउनेलाई नेपालमा काम नदिने एजेण्डासहित उनीहरुको बैठक आज बस्दैछ।

 

नेपालमा ११ सय हाराहारी चार्टर्ड एकाउन्टेन्ट र ७ हजार पाँच सय हाराहारी दर्तावाल लेखापरीक्षक (आरए) छन्। लेखा परीक्षणका लागि सिए प्रोफेसनल कोर्ष हो भने आरए सामान्य लेखापरीक्षण गर्न मान्यता दिइएको  तालिम हो।

 

नयाँ सिए थपिँदा उनीहरुले अहिले गर्दै आएको ब्यवसाय खुम्चिने छ। त्यो चुनौती रोक्नका लागि सिए र आरए दुबै मिलेर भारतबाट पास गरेर आएका बिरुद्ध 'सिन्डिकेट' गर्न लागेका हुन्।


अहिले सिएले बार्षिक ४० करोडभन्दा माथि कारोबार गर्ने फर्म, कम्पनी, वित्तीय संस्थाहरुको लेखा परीक्षण गर्न पाउँछन्। आरएलाई ४० करोडभन्दा कमका कम्पनीको लेखा परीक्षण गर्ने छुट छ।

 

आइक्यानले भारत र नेपालको सन्दर्भै फरक पर्ने भएकाले त्यहाँबाट उत्तिर्णहरुलाई मान्यता दिन नसकिने तर्क अघि सारेको छ। तर, कार्यरत सिएहरुले भने नेपालको सन्दर्भमा आइक्यानले परीक्षा लिएर मात्रै मान्यता दिइरहेको हुँदा त्यस्तो तर्कलाई 'हचुवा' भनेका छन्।


 

Bottom of Form