आर्थिक प्रसङ्ग
जेठ ०७,२०७४
-
७,जेठ,काठमाडौं-
स्वदेशी लघुवित्त वित्तीय संस्थाद्वारा निष्कासित साधारण सेयर आइतबार बाँडफाँड गरेको छI सेयर आवेदनअन्तर्गत कम्पनीको सेयरमा ११२० कित्तासम्मका लागि गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। जहाँ उनीहरुले १० कित्तासम्म सेयर पाएका छन्।
यसभन्दा बढि कित्तामा आवेदन दिनेहरुले १०, ११ र १२ कित्ताका दरले सेयर पाएका छन्। १२ कित्ताभन्दा भन्दा बढी शेयर कसैले पाएनन्।
कम्पनीले दुई करोड ७३ लाख रुपैयाँ बराबरको दुई लाख ७३ हजार कित्ता शेयर निस्कासन गरेको थियो। यसमा करिब तीन अर्ब रुपैयाँ बराबरको आबेदन परेको थियो।
कम्पनीको सेयरमा आस्वामार्फत एक अर्ब ६ करोड रुपैयाँ र पुरानै शैलीमा एक अर्ब ७३ करोड रुपैयाँ बराबरको आवेदन परेको थियो। ८१ हजार आवेदकमध्ये २३ हजार ६ सय ५७ आस्वा र ५७ हजार तीन सय पुरानैशैलीमा आवेदन दिएका थिए।
कम्पनीले एक सय रुपैयाँ मूल्य अंकित दरका सेयर चैत २५ देखि २९ सम्म निस्कासन गरेको थियो।
प्रमुख समाचार