बुद्ध उपदेश

जन्मसंग त सबै मनुष्य शूद्र नै हुन्छन्,तथागत बुद्ध

पौष २५,२०७५

-माधव प्रसाद गर्तौला

२५ पौष २०७५ काठमाण्डौ l 

 

भगवान बुद्ध अनाथ पिण्डकको जेतवनमा ग्रामवासीहरुलाई उपदेश दिँदै थिएl शिष्य अनाथ पिण्डक पनि नजिकै बसेर धर्म-चर्चाको लाभ लिरहेको थियोl त्यसै समय अगाडीबाट महाकश्यप, मौद्गलायन, सारिपुत्र, चुन्द र देवदत्त आदि पनि आउँदै गरेको देखियोl उनिहरुलाई देख्ने बित्तिकै तथागत बुद्धले भने- “महानुभावहरु उठ्नुहोस्! यी ब्राह्मण-मण्डली आउँदै छन्, यिनका लागी उचित आसनको प्रबन्ध गरौंl”

 

अनाथ पिण्डकले अतिथिहरु तर्फ दृष्टि दौड़ाए, त्यसपछि आश्चर्यपूर्वक भने- “भगवन्! हजुरले संभवत: यिनिहरुलाई चिन्नुभएनl ब्राह्मण त यिनिहरुमा एकजना मात्रै छन्, शेष कोई क्षत्रिय, कोई वैश्य र कोई अस्पृश्य पनि छन्l

 

गौतम बुद्धले अनाथ पिण्डकका कुरा सुनी हाँस्दै भने- “महानुभाव! जाति जन्मबाट होइन गुण, कर्म र स्वभावबाट पहिचान गरिन्छl श्रेष्ठ, रागरहित, धर्मपरायण, संयमी र सेवा-भावी भएको कारण नै मैले यिनिहरुलाई ब्राह्मण भनेको हूँl यस्ता पुरुषहरुलाई निश्चय नै तपाईं ब्राहमण जान्नु- जन्मसंग त सबै मनुष्य शूद्र नै हुन्छन्l”