Trending :
 

'द एक्सिडेंटल प्राइम मिनिस्टर'चलचित्रका १४ जना विरुद्ध मुद्दा दायर

पौष २६,२०७५

-

२६ पौष २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं। भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको जीवनमा आधारित चलचित्र विवादमा तानिएको छ। सो चलचित्रबारे अभिनेता अनुपम खेरको समस्या बढेको छ।
 
 
मंगलबार अनुपम खेर तथा अन्य १३ अन्य व्यक्तिमाथि मुद्दा दायर गर्ने आदेश दिएको छ।
चलचित्रमा अनुपम खेरले पूर्वप्रधानमन्त्री सिंहको भूमिका निर्वाह गरेका छन्।  ट्रेलर सार्वजनिक भएसँगै यो चलचित्रबारे विवाद निस्किएको हो।
 
 
दिल्ली हाइकोर्टमा पनि ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को विरुद्ध उजुरी दर्ता गराइएको छ। भारतको कानूनमा जीवित व्यक्तिको नक्कली व्यक्ति बनाउन नपाउने व्यवस्था छ। साथै गुगल, युट्युब र इन्टरनेटबाट ट्रेलर हटाउन माग गरिएको छ।
 
 
सिंहको जीवनमा आधारित यो चलचित्रमा उनी प्रधानमन्त्री बनेपछि उनको जीवनमा आएको उतारचढावलाई देखाइएको छ। 
 
 
सोनिया गान्धीको रोल जर्मन नायिका सुजैन बर्नेट र राहुल गान्धीको रोलमा अर्जुन माथुर रहेका छन्। अहाना कुमराले प्रियंका गान्धी र दिव्या सेठ मनमोहनको सिंहकी पत्नी गुरशरण कौरको भूमिकामा छिन्।