Trending :
 

अन्तर्राष्ट्रिय प्रसङ्ग

स्याङ्जा सहयोग समाज युएईमा खगेन्द्र गैरेलाई अध्यक्षको रुपमा चयन

जेठ ०७,२०७४

-

७,जेठ,दुवई-

दुवईमा भएको स्याङ्जा सहयोग समाज युएईको चौथो अधिबेशनमा बाट अध्यक्ष् चयन गरिएको छ I दुवईस्थित चौतारी रेस्टुरेन्टमा सम्पन्न उक्त अधिबेशन बाट खगेन्द्र गैरेलाई अध्यक्षको रुपमा चयन गरिएको हो I

 

समाजका निवर्तमान अध्यक्ष कृष्ण न्यौपानेको सभापतित्वमा उक्त अधिबेशन सम्पन्न भएको थियो I नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल, एन आर एन युएईका उपाध्यक्ष रमेश श्रेष्ठ, राजु पाण्डे, जिबन शर्मा, लेखनाथ न्यौपाने, लक्ष्मण खनाल, ऋषि बस्याल लगायत ले शुभकामना मनतब्य व्यक्त गरेका थिए ।

निर्वाचन समितिका संयोजन एकेन्द्र बहादुर थापाको सभापतित्वमा सम्पन्न दोश्रो चरणको कार्यक्रमले सर्बसहमती सहितको कार्यसमिति चयन गरेको हो ।

यसका साथै नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रेम भण्डारी उपाध्यक्षमा राजु केशी र हरि डुम्रे त्यस्तै महासचिवमा ओमकार पोख्रेल, सचीवमा पर्शुराम भण्डारी ९कल्पित० र प्रकाश ढकाल कोषाध्यक्षमा डिल्ली राज न्यौपाने  (दिपक) सहकोषाध्यक्षमा जिबन प्रसाद पाठक प्रवाक्तामा मनु क्षेत्री चयन भएका छन् भने सदस्यहरुमा मित्र लाल पाण्डे, हरि अधिकारी, आरती वाग्ले, पिताम्बर अर्याल, प्रदीप भट्टराई , यमनसिङ राना भाट, सबिना पराजुली डुम्रे, बिष्णु गैरे,वीर बहादुर थापा, मिना कुमारी गैरे, अर्जुन न्यौपाने चयन भएका छन् युएईमा रहेका नेपालीहरुलाई भैइपरि आउने समस्यामा समाजले सहयोग गर्दै आएको छ ।

त्यसैगरी सन् २०११ मा स्थापना भएको समाजले आफ्नो जिल्लामा कम्प्युटर अभियान बृद्रा आश्रम मा सहयोग लगातका थुप्रै कामहरू गरिसकेको छ ।