लघुकथा

राजकुमारको बुद्धिमत्ता,साँच्चिकै राजकुमार धेरै नै चतुर रहेछन्

चीनी तिम्रो तितो वाणीलाई गुलियो बनाउनको लागी हो!

पौष २६,२०७५

-माधव प्रसाद गर्तौला

२६ पौष २०७५ काठमाण्डौ l 

 

विराटनगरका राजकुमारलाई उसका प्रजा हृदयदेखि नै चाहन्थे, तर त्यहाँ एउटा यस्तो व्यक्ति पनि थियो जसले राजकुमारको सदैव निन्दामात्रै गर्ने गर्थ्योl दोष-दर्शन गर्नेवाला व्यक्तिहरुको दृष्टिमा राम्रोमा पनि नराम्रो नै देखिन्छl राजकुमारलाई सेवकहरुद्वारा सबैकुरा ज्ञात भैसकेको थियो, तरपनि ऊ शान्त भई एकदिन मनै मनमा धेरै समयसम्म सोचिरह्योl

 

अघिल्लो दिन संध्याको समय राज्यको एकजना सेवक उसको द्वारमा गएर भन्यो- “भाई! तिमी राजकुमारको धेरै स्मरण गर्छौ, उनले प्रसन्न भएर एक बोरा पीठो, एक झोला साबुन, र अलिकती चीनी उपहारस्वरूप पठाएका छन्, ग्रहण गर!”

 

आफ्नो लागी राजदरवारबाट उपहार आएको समाचार सुनी ऊ अति नै प्रसन्न भयोl उसले अब राम्रोसंग बुझ्यो कि यी वस्तुहरु राजकुमारद्वारा उसलाई सम्मानस्वरूप पठाइएको होl ऊ दौडिँदै पादरी भएको ठाउँमा गई पादरीलाई भन्यो- “अब त राजकुमार पनि मेरो सद्भावना प्राप्त गर्ने इच्छुक छन्, त्यसैले त उनले मेरा लागी यी सबै वस्तुहरु पठाएका रहेछन्l”

 

पादरीले भने- “साँच्चिकै राजकुमार धेरै नै चतुर रहेछन्, उनले तिमीलाई सबैकुरा संकेतको भाषामा सम्झाउने प्रयत्न गरेका हुन्, तिमी भने आफ्नो बुद्धिको उपयोग गर्नै चाहँदैनौl अलिकती विवेकशीलताले काम लेऊ, पीठो तिम्रो खाली पेटको लागी हो, साबुन तिम्रो दुर्गन्धयुक्त फोहोरी शरीरको लागी हो र चीनी तिम्रो तितो वाणीलाई गुलियो बनाउनको लागी होl”