Trending :
 

आध्यात्मिक चिन्तन

सबैचीज प्राप्त गरिसक्दा पनि किन हुन्छ खालीपन?

आध्यात्मिक ज्ञानको लागी संग्रह होइन साधनाको आवश्यकता हुन्छ!

पौष २९,२०७५

-माधव प्रसाद गर्तौला

२९ पौष २०७५ काठमाण्डौ l

 

मनको प्रकृति हो संग्रह गर्ने

मनको प्रकृति संधैभरी नै संग्रह गर्ने हुन्छl जब यो स्थूलरूपमा हुन्छ तब यसले वस्तुहरुको संग्रह गर्न चाहन्छ, जब यो कलिकती अझ विकसित हुन्छ तब यसले ज्ञानको संग्रह गर्न चाहन्छl जब यसमा भावना प्रबल हुन थाल्छ तब यसले व्यक्तिहरुको संग्रह गर्न चाहन्छ, यसको मूल प्रकृति-स्वभाव बस यही हो कि यसले संग्रह-भण्डारण गर्न चाहन्छl मन एउटा संग्रहकर्ता हो, सदैव केही न केही एकत्रित गर्नु, बटुल्नु यसको स्वभाव होl जब कुनै व्यक्ति यो सोच्न र विश्वास गर्न थाल्दछ कि ऊ आध्यात्मिक मार्गमा छ तब उसको मन तथाकथित आध्यात्मिक ज्ञानको संग्रह गर्न लाग्छl

 

हुनसक्छ कि यसले गुरुको शब्दहरुकै संचय गर्न लागोस् तर यसले जेसुकै संचित गरेपनि, जबसम्म कुनै व्यक्ति संग्रह गर्ने आवश्यकतादेखि माथी उठ्दैन, तबसम्म कुनै फरक पर्दैन- चाहे त्यो भोजन होस्, कुनै वस्तु होस्, मानिस हुन् या आध्यात्मिक ज्ञान होस्- यो कुनै महत्व राख्दैन कि तपाईं के संग्रह गर्दै हुनुहुन्छl संग्रह गर्ने आवश्यकताको अर्थ हो कि हामी भित्र अहिले पनि एउटा अधुरोपन रहेको छl यो अधुरोपन, अधुरो भएको भाव, यी असीमित प्राणीमा एउटा रोग बनेर रहेको छ, यसको एकमात्र कारण यो हो कि कहीं न कहीं तपाईं आफ्नो पहिचान ती असीमित वस्तुहरुसंग गर्नुहुन्छ, जो कि तपाई्ं कदापि हुनुहुन्नl

 

साधना र चेतना : कृपाको लागी गर्दछ तयार

 

यदि कुनै व्यक्ति आफ्नो जीवनमा पर्याप्त चेतना प्राप्त गर्दछ, र निरंतर कुनै साधनाको अभ्यास गर्दछ भने उसको यो पात्र (मन) बिस्तारै-बिस्तारै पूर्णत: खाली हुन्छl चेतनाले पात्रलाई खाली गर्ने काम गर्दछl जसलाई यहाँ साधना भनिँदै छ त्यो एउटा अवसर हो आफ्नो ऊर्जालाई बढाउने ताकि हामी आफ्नो समस्त सीमा तथा कमजोरीहरु माथी नियंत्रण राख्न सकौं जसको कारण हामी आफ्नो विचार एवं भावनाहरुमा भ्रमित भैरहेका छौंl

 

जब हामी यी दुबै अंगहरुको आफ्नो जीवनमा पालन गर्दछौं, जब दीर्घकालसम्म चेतना र साधनाको पालन एवं अभ्यास गर्दछौं, तब हाम्रो यो पात्र अर्थात् मन खाली हुन्छl जब हाम्रो जीवनमा यो खालीपन, रिक्तता, शून्यता घटित हुन्छ, केवल त्यसै समय हामी माथी कृपा अवतरित हुन्छl वास्तवमा कृपाको बिना कोही कहीं पनि पुग्न सक्दैनl यदि हामी कृपाको अनुभव गर्न चाहन्छौं भने हामीलाई रिक्त हुनैपर्छ, हामीले आफ्नो पात्रलाई पूर्ण तरीकाले खाली गर्नैपर्छl यदि हामी एकजना गुरुको सान्निध्यमा बसेर केवल उनको शब्द-संग्रह गरिरहेका छौं, तब हाम्रो जीवन त्यस कमिलाभन्दा ज्यादा निरर्थक छ जसले शीत ऋतु या वर्षा ऋतुको लागी भोजन संग्रह गर्दछl

 

बिना कृपा धेरै लामो प्रतीक्षा गर्नुपर्ने

 

यदि तपाईं कृपाको अनुभव गर्नुहुन्न भने, स्वयंलाई कृपा ग्रहण गर्ने योग्य बनाउनुहुँदैन भने, कृपालाई धारण गर्नको लागी स्वयंलाई रिक्त गर्नुहुन्न भने जान्नुहोस् कि तपाईंलाई अझै धेरै जन्म आध्यात्मिक पथमा हिंड्नुपर्नेछl तर यदि तपाईंले कृपा प्राप्त गर्नको लागी स्वयंलाई पर्याप्त रूपले रिक्त गर्नुभएको छ भने तपाईंको परम प्रकृति धेरै टाढा छैनl यहीं उसको अनुभव गर्नुछ, यसै स्थानमा उसको साक्षात्कार गर्नुछl अस्तित्वको सबै आयामहरुबाट पार भएपछि हामी परमानंद अवस्थामा प्रवेश गर्दछौंl यो आउनेवाला भविष्य या अन्य जन्मको कुरा होइन, अपितु यो एउटा जीवंत वास्तविकता होl

 

संग्रह गर्ने मानसिकता हामीभित्रै बसेको छ

 

हामीभित्र यही मानसिकताले घर बनाएको छ कि जहाँ गए पनि संग्रह गरौं, जति गर्न सकिन्छ गरी हालौंl मूलरूपले हाम्रो शिक्षा नै यसको लागी दोषी होl शिक्षाले हामीलाई यही सिकायो कि कसरी धेरै भन्दा धेरै वस्तुहरुको संग्रह गरौंl हामीलाई अधिक भन्दा अधिक सुनियोजित तरीकाहरु सिकायो ताकि हामी त्यति संग्रह गर्न सकौं जति कि संभव होस्l यस संग्रहले हामी आफ्नो जीविका कमाउन सक्छौंl यस संग्रहले संभवत: हामी आफ्नो आस-पासका भौतिक जीवनको गुणवत्तालाई केही हदसम्म बढाउन सक्छौंl

 

आध्यात्मिक ज्ञानको लागी संग्रह होइन साधनाको आवश्यकता हुन्छ

 

तर यो संग्रह- चाहे हामीले कती नै संचय किन नगरेका हौंला, महत्व राख्दैनl हामीले आफ्नो मनमा जुनसुकै चीज एकत्रित गरेपनि, चाहे त्यो स्थानीय बकवास होस् या वैज्ञानिक जानकारी होस् या तथाकथित आध्यात्मिक ज्ञान होस्, यसले हामीलाई मुक्त गर्न सक्दैनl अहिले हामी जहाँ छौं, त्यहाँबाट एक पाइलापनि परम प्रकृतितर्फ लैजानमा उक्त जानकारीले मद्दत गर्दैनl हामीलाई आफ्नो जीवनमा आवश्यक चेतनालाई ल्याउनको लागी साधना र आतंरिक कार्यको आवश्यकता हुन्छl वास्तवमा भन्ने हो भने यसको अन्य कुनै विकल्प छैनl

 

साधना र चेतना : हामी केवल अनुकूल परिस्थिति निर्मित गर्नसक्छौं

 

यदि हामी आफ्नो सबै क्षमता र अक्षमताहरुलाई, सबै अभिलषित र अनभिलषितहरुलाई, सबै निरर्थक कुरा र तत्वहरुलाई, जसले हामीलाई यो सोच्नको लागी बाध्य गरिरहेको छ कि ‘वास्तवमा म यही हूँ’ त्याग्नको लागी तयार छौं, यदि हामी ती सबै तत्वहरुलाई छोड्नको लागी तयार छौं जसले हाम्रो अस्तित्वलाई सहारा दिन्छन्, तब नै हामी माथी कृपा अवतरित हुन्छl यो कुनै यस्तो काम होइन जसलाई हामी गर्न सक्छौंl हामीलाई त केवल यो स्वीकृति दिनुपर्ने हुन्छ ताकि यो स्वतः घटित हुन सकोस्l

 

के हुन् चेतना र साधना?

 

हामीले जसरी सोच्दै र अनुभव गरिरहेका छौं त्यसले केवल निरंतर बन्धनको जाल निर्मित गरिरहेको छl  ती सबै कुरा जसलाई हामी सोच्ने र महसूस गर्ने गर्छौं तथा स्वयंको बीच जब एउटा दूरी बनाउन थाल्छौं तब यसलाई नै चेतना भनिन्छl जसलाई हामी साधना भनिरहेका छौं त्यो एउटा अवसर हो आफ्नो ऊर्जालाई बढाउने ताकि हामी आफ्नो समस्त सीमाहरु तथा कमजोरीहरु माथी नियंत्रण राख्न सकौं जसको कारण हामी आफ्नो विचार एवं भावनाहरुमा भ्रमित भैरहेका छौंl