फुडमाण्डुको फेस्टिभल सुरु, १ रुपैयाँमै खाना अर्डर !
-
माघ १, २०७५ काठमाडौं ।
नेपालको पहिलो फूड डेलिभरी कम्पनी फुडमाण्डूले अनलाईन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ । अघिल्लो वर्ष पनि संचालन गरिएको अनलाइन फुड फेस्टिभलबाट उत्साहित हुँदै यो वर्षपनि रुस्लान भोड्काको मुख्य प्रायोजन र दराज र समस्र्बीको सह प्रायोजनामा आयोजना गरिएको यस अनलाइन फूड फेस्टिभल उत्सव यहि जनवरी १५ (माघ १) देखि जनवरी २४ (माघ १०)सम्म संचालन हुनेछ ।
फुडमाण्डूको अनलाइन फूड फेस्टिभलमा सहभागी रहेका ३० विभिन्न रेष्टुरेन्टहरुले आफ्ना विशेष परिकारहरु विशेष छुट मूल्यमा पस्किेनछन् ।
यस उत्सव अवधिमा ग्राहकहरुले आफ्नो मोबाइलमा फुडमाण्डू एप्स डाउनलोड गरेर उत्सवको मजा लिन सक्नेछन् । यो उत्सव केबल फुडमाण्डूको मोबाइल एप्समा मात्र संचालन गरिएको छ ।
फुडमाण्डूको एप्समा गएर अर्डर गरेमा ५० प्रतिशतसम्मको छुट, रु।१ मा खाना पाइने अवसरका साथै डिजिटल पेमेन्ट गेटवे खल्तीबाट पेटेन्ट गर्दा थप २० प्रतिशत क्यासब्याक पनि प्राप्त गर्नसक्ने फूडमाण्डुले जनाएको छ ।
यति मात्र नभई यस उत्सवमा विभिन्न गेमहरु खेलेर भौचरहरु जित्न सकिनेछ । हरेक दिन १० जना ग्राहकहरुले रु। २५०० भन्दा माथिको अर्डरमा १८० एम।एल।को भोड्का९रुस्लान० पनि निशुल्क प्राप्त गर्नेछन् । साथै उत्सव अवधिभरी ग्राहकहरुसम्म फ्रि डेलिभरीको व्यवस्था गरिएको छ ।
यस उत्सव अवधिभर फुडमाण्डूमा प्रत्येक दिन दुईपटक फ्ल्याश डिल आयोजना हुनेछ भने विभिन्न खानाका परिकारहरुसहितको मिस्ट्री बक्सहरु पनि छुट मूल्यमा उपलब्ध हुनेछ ।
पहिलो संस्करणको सफलताबाट निकै उत्साहित भएर यो वर्षपनि अनलाइन फुड फेस्टिभल आयोजना गरिएको कम्पनीका मुख्य कार्यकारी मनोहर अधिकारीले बताए ।