निर्देशक राजकुमार हिरानीमाथि यौन दुर्व्यवहारको आरोप
-
२ माघ २०७५ एजेंसी l
एजेन्सी। यौन दुव्र्यवहारको आरोप खेप्दै आएका निर्देशक राजकुमार हिरानीको पक्षमा केही अभिनेता तथा अभिनेत्री अगाडि आएका छन्। राजकुमार हिरानीको पक्ष लिने सबै अभिनेता अभिनेत्रीले उनको फिल्ममा काम गरिसकेका छन्। राजुको फिल्म ‘पीके’ मा काम गरिसकेका परीक्षित साहनले भने, ‘राजु जस्तो इमान्दार, अनुशासित र बिनम्र मानिस निकै कम हुन्छन्। म के भन्न सक्छु भने मलाइ उहाँमाथि लगाइएको आरोपमा विश्वास छैन।’
राजकुमार हिरानीको फिल्म ‘मुन्नाभाई एमबीबीएस’ मा काम गरिसकेकी अभिनेत्री ग्रेसी सिंहले भनिन्, ‘राजुजीमाथि के आरोप लागेको छ यो विषयमा मलाइ जानकारी छैन। जसले पनि उहाँसँग काम गरेका छन् उनीहरु सबैलाई थाहा छ की उहाँ कति अनुशासित हुनुहुन्छl
फिल्म निर्माता बोनी कपुरले भने–राजकुमार निकै असल मानिस हुन्। उनले यौन दुव्र्यवहार जस्तो कर्म गर्न सक्दैनन्।’ अभिनेता इमरान हाशमीले भने, ‘यो केवल आरोप हो। जबसम्म यो आरोप पुष्टि सावित हुँदैन तब सम्म यो विषयमा केही धारणा बनाउने उचित हुँदैन।’
गत वर्ष मीटू काण्डमा बलिउडमा ठूला दिग्गजले आफ्नो कामबाट हात धुनु परेको छ। यसमा निर्देशक सुभाष कपुर पनि सामेल छन्। अमिरले खानले स्पष्ट रुपमा आफू त्यस्तो फिल्ममा काम नगर्ने बताएका छन् जसको नाम यौन दुव्र्यवहारमा जोडिएको होस्। यद्यपी राजकुमार हिरानीका विषयमा अमिरले केही पनि भनेका छैनन्।
संजय दत्त, अरशद वारसी र बमन इरानी पनि हिरानीको समर्थन वा विरोधमा केही बोलेका छैनन्। फिल्म निर्देशक राजकुमार हिरानीमाथि एक जना महिला असिस्टेन्ट निर्देशकले यौन दुव्र्यवहारको आरोप लगाएकी थिइन्। ती महिलाले फिल्म संजूको शुटिङका क्रममा आफूमाथि ६ महिनासम्म यौन दुव्र्यवहार भएको आरोप लगाएकी थिइन्। यद्यपी हिरानीले आफूमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन्।