Trending :
 

राष्ट्रपति ट्रम्पले फास्टफूडको व्यवस्था गर्दै पिज्जा र बर्गर खुवाउँँदै

माघ ०२,२०७५

-

२ माघ २०७५ एजेंसी l 
 
 
एजेन्सी । अमेरिकी इतिहासकै सबैभन्दा लामो शटडाउनको प्रभाव अब राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारी निवास व्हाइट हाउसमा पर्न थालेको छ । गएका केही महिनादेखि तलब नपाएका कारण व्हाइट हाउसका किचेन शेफ विदामा गएका छन् । यसकारण व्हाइट हाउसको किचेन ठप्प भएको छ । 
 
 
पहिलादेखि नै लञ्च वा डिनरका लागि बोलाइएका पाहुनाहरुका लागि राष्ट्रपति ट्रम्पले फास्टफूडको व्यवस्था गर्दै पिज्जा र बर्गर खुवाउन थालेका छन् । 
 
 
स्मरणीय कुरा के छ भने अमेरिका–मेक्सीको सीमामा पर्खाल बनाउनका लागि राष्ट्रपति ट्रम्पले संसदसँग ५।७ बिलियन डलरको माग गरेका थिए । तर, राष्ट्रपतिको यो मागलाई संसमा डेमोक्रेट सांसदहरुले अस्वीकार गरिदिएका छन् ।
 
 
यसपछि व्हाइट हाउसमा शटडाउन शुरु भएको छ । मौजुदा शटडाउ अमेरिकी इतिहासमा सबैभन्दा लामो शटडाउन भएको छ । अमेरिकामा शटडाउन भएको मंगलबार २३ दिन भएको छ । यसअघि राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा भएको सबैभन्दा लामो शटडाउ २१ दिनसम्म थियो । 
 
 
अंग्रजी पत्रिका टेलीग्राफका अनुसार सोमबार राष्ट्रपति टम्पले अमेरिकी कलेज फुटबल च्याम्पियनशिपको विजेता टीम क्लेमस टाइगर्सलाई व्हाइट हाउसमा लञ्चका लागि बोलाएका थिए । तर, त्यसै दिन किचेन शेप तलब नपाएको भन्दै विदामा गए । 
 
 
यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पले व्हाइट हाउस डाइनिंग रुममा पाहुनाहरुका लागि फास्टफूडको अर्डर गदैए पिज्जा, बर्गर र फ्रेन्च फ्राईको व्यवस्था गरे । खास कुरा के भने राष्ट्रपतिले यो व्यवस्था आफ्नो नीजि पैसाले मगाएका हुन् । र यसको बिल व्हाइट हाउसलाई दिइएको छैन । 
 
 
राष्ट्रपतिले चुनावमा मेक्सीको सीमामा पर्खाल लगाउने बाचा गरेका थिए । राष्ट्रपतिमा निर्वाचित भइसकेपछि ट्रम्पले बाचाअनुसार काम गर्ने प्रयास शुरु गरे । यो प्रोजेक्ट सम्पन्न गर्न राष्ट्रपतिले संसदसँग अतिरिक्त बजेट मागे, जसलाई डेमोक्रेट सांसदहरुले रोकिदिए । 
 
 
यसपछि अमेरिकामा शटडाउन शरु भयो । हजारौंको संख्यामा सरकारी कर्मचाहरुलाई घर खर्च चलाउन समस्या भएको छ । किनकी २२ दिनसम्म उनीहरुलाई वेतन दिइएको छैन ।
 
 
गएको हप्ता सार्वजनिक तथ्यांकअनुसार करिब ८ लाख कर्मचारीहरुलाई तलब दिइएको छैन। जसका कारण लाखौं कर्मचारी विदामा बसेका छन् । र केही कर्मचारी भने विना तलब काम गर्न बाध्य भएका छन् ।