Trending :
 

ट्रम्पले राजीनामा दिएको झूटो खबर प्रकाशित

माघ ०३,२०७५

-

३ माघ २०७५ एजेंसी l 
 
 
काठमाडौं — द वाशिङटन पोस्टको झूटो संस्करण प्रकाशित गरेर राष्ट्रपति डोनल्ड ट्रम्पले राजीनामा दिएको खबर बुधवार बिहान सार्वजनिक गरिएको छ । झूटो संस्करणका कपीहरू वाशिङटनका अनेकौं स्थानमा वितरण गरिएका छन्। 
 
 
पत्रिकामा सन् २०१९ मे १ को मिति राखिएको छ र त्यो दुरुस्तै द वाशिङटन पोस्ट जस्तै देखिन्छ । झूटो पत्रिकामा ट्रम्पविरोधी समाचार भरिएका छन् । अनि द वाशिङटन पोस्टको आधिकारिक वेबसाइटमा पनि त्यो खबर प्रकाशित भयो। 
 
 
‘हामीहरू द वाशिङटन पोस्टको गलत प्रतिनिधित्व गरेको सहन सक्दैनौं र पाठकहरूमा यसले गर्दा छाएको अन्योलका विषयमा गहिरो चिन्ता व्यक्त गर्छौं,’ पोस्टकी प्रवक्ता क्रिस कोराट्टीले भनिन्। ‘हामीहरू आफ्नो ट्रेडमार्कको अनुपयुक्त प्रयोगलाई रोक्न चाहन्छौं।’
 
 
बुधवार बिहान आफूलाई ट्रिकस्टर एक्टिभिस्ट कलेक्टिभ पनि वर्णन गर्ने एक समूह येस म्यानले हावादारी पत्रिका र वेबसाइट चलाएको बतायो । बुधवार दिउँसो वेबसाइट अफलाइन भयो। 
 
 
अनप्रेसिडेन्टेड शीर्षकमा झूटो पत्रिकाको लीड स्टोरीमा ट्रम्पले ओभल अफिसमा भएको एक न्यापकिनमा राजीनामा सन्देश लेखेर याल्टा पुगेको लेखिएको थियो। 
 
 
उनको अचानक राजीनामा देशभरि महिलाहरूको व्यापक विरोधका कारण आएको समाचारमा लेखिएको थियो । महिलाहरूले शनिवार निकाल्न लागेको जुलुसको प्रवर्द्धन गर्नका लागि यो स्टन्ट गरिएको अनुमान छ। द वाशिङटन पोस्टबाट