कुकुरको मासु खाए एड्स र क्यान्सर निको हुने

माघ ०४,२०७५

-

४ माघ २०७५ एजेंसी l 
 
 
एजेन्सी। दक्षिण अफ्रिकाको एउटा चर्च–ईण्ड टाईम्स डिसेपल्स मिनिष्ट्रिज–का पाष्टरले चर्चभित्र कुकुरको मासु र रगत पकाएर त्यहाँ उपस्थित सदस्यहरूलाई खुवाएपछि अन्य चर्चका पाष्टरहरू उनको विरोधमा उत्रिए।
 
 
पाष्टरले कुकुरलाई काटेको, मासु पकाएको र सबैलाई खुवाएको तस्वीर तथा भीडियो आफ्नो फेसबुकमा पोष्ट गरेका थिए। ती दृश्य देखेपछि दक्षिण अफ्रिकाका पशुअधिकार कर्मीले सरकारलाई त्यस पाष्टरलाई तुरून्त पक्राउ गर्न आग्रह गरे।
 
 
ती पाष्टर जसले कुकुरको मासु र रगत चर्चमा उपस्थित सदस्यहरूलाई खुवाएका थिएस उनले यस कार्यलाई पवित्र ऐक्यता दाबी गरेका छन्। उनले फेसबुकमा लाईभ गरेको भीडियोमा कुकुरको मासु खाएपछि एड्स र क्यान्सर निको हुने दाबी गरिएको छ।