Trending :
 

आर्थिक प्रसङ्ग

यामाहाद्वारा आयोजित सडक सुरक्षा सचेतना कार्यक्रममा मिस् नेपालका प्रतियोगीहरु

जेठ ०८,२०७४

-

८,जेठ,काठमाडौं –

 

शनिबार यामाहाद्वारा आयोजित सडक सुरक्षा सचेतना कार्यक्रममा मिस नेपाल २०१७ का प्रतियोगीले सहभागिता जनाएका छन् । प्रतियोगीहरुलाई नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लूका तालिमप्राप्त प्रशिक्षकले सडक दुर्घटनाको कारण, यसको न्यूनीकरण र रोकथामबारे जानकारी गराउनुभएको थियो।

 

उनीहरुले सवारी चलाउदा अपनाउनुपर्ने सावधानी तथा दुर्घटना बाट जोगिने उपायहरुको बारेमा पनि जानकारी लिएका थिएI नेपाल प्रहरीअन्तर्गत सडक सुरक्षा युनिटका प्रहरी नायव उपरीक्षक सविन प्रधान, सडक सुरक्षा समाज नेपालका निरज धौभडेल र यामाहाका सर्टिफाइड प्रशिक्षक जीना गुरुङले प्रतियोगीहरुलाई उक्त जानकारी दिनुभएको थियो। त्यसैगरी कार्यशालापछि मिस नेपालका प्रतियोगीले शनिबार नै यामाहाको सामाजिक अभियानमा सहभागिता जनाए ।

 

उनीहरूले काठमाडौंका चार व्यस्त चोकमा पुगेर सवारीचालक र पैदलयात्रीलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सन्देश दिएका थिए । त्यसअघि मिस नेपाल प्रतियोगीलाई बैंकर मेघा बैंकका चिफ अपरेटिङ अफिसर डा. रविना देशराज श्रेष्ठले महिला सशक्तीकरणबारे ओरियन्टेसन दिनुभएको थियो । उहाँले मिस नेपालको अन्तिम प्रतियोगितामा छानिनु आफैंमा ठूलो उपलब्धी भएको र यो उपलब्धीलाई समाज परिवर्तनमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

यसै सेसनमा मिस नेपाल प्रतियोगीले स्कुटरले महिला सशक्तीकरणमा निभाएको भूमिकाबारे आफ्नो मत राखेका थिए । शनिबार नै यामाहाको 'फेस अफ फेसिनो' कन्टेस्टको औपचारिक सुरुआत गरिएको छ ।

यामाहाले मिस नेपाल २०१७ मा अघिल्लो वर्षमा झैं टू ह्विलर पार्टनरको रूपमा सहभागिता जनाएको छ । मिस नेपालका १९ प्रतियोगीमध्ये एक जनालाई 'फेस अफ फेसिनो' टाइटल प्रदान गरिनेछ । यो टाइटलको विजेताको छनोट डा. रविना देशराज श्रेष्ठ, निलम चन्द र ओसिमा बानुको निर्णायक टोली र फेसबुक तथा देशभरका यामाहा सोरुमबाट हुने पब्लिक भोटिङमार्फत हुने कम्पनीले जनाएको छ ।

 

प्रतियोगीहरुको पब्लिक भोटिङ ५ जेठबाट १९ जेठ अपरान्ह ३ बजेसम्म खुला रहनेछ । साथै, फेस अफ फेसिनोको लागि भोटिङ गर्नेमध्ये एक जना भाग्यशाली भोटरले सामसुङ एस ८ मोबाइल जित्न सक्नेछन् । यामाहाले मिस नेपाल २०१७ का विजेता र 'फेस अफ फेसिनो' का विजेतालाई एक-एकवटा फेसिनो स्कुटर उपहार स्वरूप दिने कम्पनीले जनाएको छ ।