Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

छुरा प्रहार गरी जिउंदै आगोमा जलाइयो

जेठ ०८,२०७४

-एजेन्सी

८,२०७४जेठ-

भेनेजुएलामा सरकार विरोधी प्रदर्शनकारीले एक व्यक्तिलाई आगो लगाएका छन् । प्रदर्शनका क्रममा एक विश्वविद्यालयका विद्यार्थीको मृत्यु भएको हो ।

कराकसमा प्रदर्शनका क्रममा २१ वर्षीय ओरल्याण्डो फिग्वेरालाई आगो लगाइएको हो । गृहमन्त्रालयले उनीमाथि चक्कु समेत प्रहार गरिएको जनाएको छ ।

सो क्रममा प्रहरीको गोली लागेर एडी एनेहान्ड्रो एग्वीलारको समेत मृत्यु भएको छ । प्रदर्शनका क्रममा हालसम्म ४८ जनाको मृत्यु भइसकेको छ । प्रदर्शनकारीले राष्ट्रपति निकोलास मादुरोलाई पद त्याग गरी निर्वाचन गराउन माग गर्दै आएका छन् ।

विरोध प्रदर्शन सुरु भएको ५० औं दिनको कार्यक्रममा ठूलो संख्यामा प्रदर्शनकारीहरु सामेल भएका थिए । प्रदर्शन लम्बिदै जाँदा लगातार हिंसात्मक समेत बन्दै गएको छ ।