Trending :
 

रियललाई स्पेनी ला लिगाको उपाधि

जेठ ०८,२०७४

-एजेन्सी

जेठ ८ –

रियल म्याड्रिड यस सिजनको स्पेनी ला लिगाको उपाधि जित्न सफल भएको छ । आइतबार राति लिगको अन्तिम खेलमा मालागालाई २-० ले हराउन सफल भएपछि उपाधि रियलको पोल्टामा गएको हो ।

मालागालाई हराउने क्रममा रियलका क्रिस्टियानो रोनाल्डो र किरम बेन्जामाले १/१ गोल गरे। जितपछि रियलले ३८ खेलबाट ९३ अंक जोड्यो ।

रियलले ३८ खेलमध्ये २९ मा जित, ६ मा बराबरी र ३ खेलमा हार व्यहोरेको थियो ।

उपाधि होडमा रहेको बार्सिलोनाले भने ३८ खेलबाट ९० अंक मात्रै बटुलेको थियो ।

बार्सिलोनाले खेलेको ३८ खेल मध्ये २८ मा जित, ६ मा बराबरी र ४ खेलमा हार व्यहोरेको थियो ।

बार्सिलोनाले लिगको अन्तिम खेलमा आइबरलाई ४-२ ले हराएपनि उपाधि जोगाउन सकेन । बार्सिलोनाले दश खेलाडीको आइबरलाई ४-२ ले हरायो। ३८ खेलबाट बार्सिलोनाले ९० अंक बनायो। बार्सिलोनाको जितमा लियोनल मेसीले २ तथा लुइस सुवारेजले १ गोल गरे। आइबरका डेभिड जुनकाले आत्मघाती गोल गरेका थिए ।