जेठ ०८,२०७४
-
जेठ ८ - अघिल्लो हप्ता समिक्षा श्रेष्ठ नेपालबाट मिस एसिया वोर्ल्डको प्रतिनिधित्व गर्न लेबनान पुगिन् । २६ प्रतिस्पर्दी रहेको उक्त सौन्दर्य प्रतियोगितामा उनि शनिबार फाइनलका लागि भिड्ने भएकी थिइन् तर आयोजकहरुले उनलाई चकित तुल्याउने सरप्राइज दिए ।
२०१३ मा मिस नेपालमा मिस प्रसोनालिटिको उपाधि हासिल गरेकी श्रेष्ठ अघिल्लो वर्ष फिलिपिन्समा हुने मिस मल्टिनेसनल प्रतियोगिताका लागि छनोटमा परेकी थिइन् । मिस एसिया वोर्ल्डका आयोजकहरुले २५ वर्षीय समिक्षाको व्यक्तित्व र अनुभव देखि निकै प्रभावित हुँदै उनलाई अघिल्लो वर्ष २०१६ को विजयी घोषणा गरे ।
मिस एसिया वोर्ल्डको यो पहिलो संस्करण हो तर उनलाई अधिकारिक रुपमा अघिल्लो वर्षको विजयी बनाईदिए पश्चात २०१७ को यो संस्करणलाई दोस्रो मानिएको छ । उनले शनिबार मिस सिरिया अन्गी मोरडलाई यो संस्करणको ताज पहिरिदिइन ।
समिक्षा भन्छिन, “नेपाली प्रतियोगीले कुनै पनि विदेशी प्रतियोगितामा सिधै विजयी भएको यो सायद पहिलो पटक हो । म नेपाली भएर यस प्रतियोगितामा भाग लिन पाउदा गर्वान्वित छु र खुसीको कुरा म मेरो देश फर्कदा ताज सहित फर्कनेछु ।”
समिक्षा आज नेपाल फर्कदै छिन् ।
प्रमुख समाचार