Trending :
 

आर्थिक प्रसङ्ग

जेठ १५ गते बजेट ल्याउने तयारी:अर्थमन्त्री महरा

जेठ ०८,२०७४

-

८ जेठ, काठमाडौं

जेठ १५ गते बजेट ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बताएका छन् I

निर्वाचन आचारसंहिता विपरित हुने भएकाले बजेटमा नयाँ कार्यक्रम भने समावेश नभएको पनि उनले स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बजेट बारे छलफल गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले राजनीतिक सहमतिकै आधारमा बजेट पूर्ण आकारमै ल्याउने तयारी भइरहेको जानकारी दिए ।

अर्थमन्त्री महराले बजेटले संविधान कार्यान्वयन, तीन वटै तहको निर्वाचन, राष्ट्रिय महत्वका आयोजनाहरुलाई निरन्तरता दिने बताए ।

उनले स्थानीय तहलाई अधिकार सम्पन्न गराउन पनि बजेटले प्राथमिकता दिने स्पष्ट पारेका छन् ।त्यसैगरी यस वर्ष पूँजिगत खर्च बढेको पनि उनले जानकारी गराएका छन् I

अर्थ मन्त्रायलयले राष्ट्रिय पुनर्निमाणको काम र राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी ढंगले अघि बढाउन पनि बजेटमा व्यवस्था गरिने जनाएको छ ।

अर्थमन्त्री महराका अनुसार राजनीतिक सहमति कायम गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन बजेटले विशेष जोड दिने छ I