जेठ ०८,२०७४
-एजेन्सी
जेठ ८ –
७० औं कान्स फिल्म फेस्टिबलको चौथो दिन ऐश्वर्या राय राल्फ एण्ड रसोको रातो रंगको गाउन लगाएर रेड कार्पेटमा उपस्थित भइन् ।
रेड कार्पेटमा सेलिब्रिटीले रातो रङको पहिरन लगाउन वर्जित गर्ने गरेको बुझिन्छ । तर ऐश्वर्याले कुनै नियमको पर्वाह नगरी रेड कार्पेटमा रातो रङको पहिरन लगाएर सबैलाई चकित बनाइदिइन् ।
ऐश्वर्याले आफ्नो कपालालाई बाक्लो देखाएकी थिइन् । यस्तै, गाउनसँग उनले रुबी राखिएको हिराको झुम्का लगाएकी थिइन् ।
उनले गाउनसँग मेल खाने गहिरो रातो रङको लिपिस्टिक लगाएकी थिइन् र आँखाको सुन्दरता बढाउनका लागि कृत्रिम परेलाको प्रयोग गरेकी थिइन् ।
स्मरण रहोस्, फेस्टिबलमा ऐश्वर्या लरियल पेरिसको प्रतिनिधित्व गरिरहेकी छिन् र शनिबार उनको यो वर्षको दोस्रो उपस्थिती थियो ।
प्रमुख समाचार