Trending :
 

ट्रम्पका पूर्व सल्लाहकार पक्राउ

माघ १२,२०७५

-

माघ १२, २०७५ वासिङ्टन । 
 
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका पुर्व सल्लाहकार रोजर स्टोन शुक्रबार पक्राउ परेका छन् । 
 
विषेश परामर्शदाता रोबर्ट मुलरको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको अमेरिकी समाचार माध्यमहरुले जनाएका छन् । 
 
स्टोनलाई सात अभियोग लगाइएको न्युयोर्क टाइम्स र अन्य सञ्चार माध्यमहरूले मुलरको कार्यालयको श्रोतलाई उल्लेख गर्दै समाचार लेखेका छन् । 
 
झुटो वक्तव्य बनाएको, प्रक्रियागत कामहरुमा अवरोध गरेको, प्रमाणहरू विगारेको लगायतका आरोपहरू स्टोनमाथि लगाइएको छ । 
 रासस