जेठ ०९,२०७४
-
जेठ ९ –
नेपालको राष्ट्रिय खेलको अब भलिबल भएको छ ।
प्रधानमन्त्री निवास बालवाटारमा सोमबार बसेको बैठकले आधिकारिक रुपमा भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिने निर्णय गरेपछि भलिबल नेपालको अधिकारिक राष्ट्रिय खेल भएको हो ।
यसअघि, अनौपचारिक रुपमा कबड्डी र डन्डिबियोलाई राष्ट्रिय खेल मानिँदै आएको थियो ।
लोकप्रियताको आधारमा फुटबल र क्रिकेटलाई पनि राष्ट्रिय खेल बनाउनु पर्ने तर्क उठेका थिए । तर, सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिसमा परेको तीन खेलमध्ये नेपालको अधिकारिक राष्ट्रिय खेल भलिबल छनोट गरेको हो ।
भलिबल राष्ट्रिय खेल भएको मन्त्रिपरिषद्को निर्णयसँगै अब युवा तथा खेलकुद मन्त्रालयले ‘खेलकुद विकास ऐन’ मार्फत यस खेललाई आधिकारिता प्रदान गर्नेछन् ।
सरकारले छनोट गरेको राष्ट्रिय खेल भलिबल नेपालमा फुटबल र क्रिकेटपछि सर्वाधिक लोकप्रिय मानिन्छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार