जेठ ०९,२०७४
-
जेठ ९ -
केएनपी जापान राष्ट्रिय महिला भलिबल जेठको तेस्रो सातादेखि सुरु हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको तेस्रो संस्करण जेठ २३ गतेदेखि २६ गतेसम्म संचालन हुने भएको हो ।
प्रतियोगितामा ६ टोलीको सहभागिता लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लब, उपविजेता न्यु डायमन्ड एकेडेमी, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने छ ।
नेपाल भलिबल संघका उपाध्यक्ष रञ्जन खड्काले अघिल्लो संस्करणको तुलनामा यस संस्करणमा नगद पुरस्कारको राशि दोब्बर बनाएको जनाए ।
प्रतियोगिताका विजेताले नगद एक लाख ५० हजार, उपबिजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई केएनपी जापान सर्वोकृष्ट खेलाडीको उपाधिबाट पुरस्कृत गरिने भएको छ । सर्वोकृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँका साथै काठमाडौं मलेसिया, काठमाडौंको आतेजाते हवाई टिकट प्राप्त गर्ने छन् । त्यस्तै, केएनपी जापान बेस्ट स्पाइकर, केएनपी जापान बेस्ट क्वीकर, केएनपी जापान बेस्ट सेटर, केएनपी जापान बेस्ट ब्लकर, केएनपी जापान बेस्ट डिफेन्स र केएनपी जापान बेस्ट सर्भर पनि पुरस्कृत गरिने छ । उत्कृष्ट हुने सबै खेलाडीले जनही तीन हजार रुपैयाँसहित आर्कषक ट्रफी प्राप्त गर्ने छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सञ्चालन हुने प्रतियोगिताको अनुमानित बजेट १२ लाख रुपैयाँ रहेको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार