Trending :
 

जयमाया काठमाण्डौ हुँदै विराटनगर आइपुगी

जेठ ०९,२०७४

-

जेठ ९ –

अनामनगरको मण्डला थिएटरमा केहि साता अघि नाटक ‘जयमाया आफु मात्र लेखापानी आइपुगी’ सम्म प्रदर्शन भइरहेको थियो । उक्त नाटकलाई दर्शकहरुले निकै रुचाएका थिए ।

लेखापानी देखि काठमाण्डौ आइपुगेकी जयमाया अहिले विराटनगर पुगेकी छिन् । अहिले नाटक ‘जयमाया आफु मात्र लेखापानी आइपुगी’ विराटनगरको सुशील कोइराला नाटकघर, आरोहण गुरुकुलमा मञ्चन भइरहेको छ ।

कथाकार इन्द्रबहादुर राईको लेखन र नाट्यकर्मी सुनील पोखरेलको निर्देशन रहेको नाटकमा विश्वयुद्धका क्रममा जापानी सैनिकहरू बर्मा प्रवेश गरेपछि बर्मेली नेपालीहरू सुरक्षित गन्तव्यको खोजी गर्दै आफ्नो थातथलो छाडेर हिँड्दा भोग्नुपरेको दुःखकष्टलाई समेटेको छ । आमा, बुवा र गाउँलेहरुसँगै बर्माबाट घर छाडेर हिंडेकी जयमाया कथाकार राईको सृजनामार्फत लिखापानी आइपुग्छिन् । कथाकार राईले १५ वर्षीया जयमायालाई मुख्य पात्र बनाएर बाँच्ने जिजीविषा साँचेर भागिरहेका नेपालीहरुको पीडा उधिनेका छन्। 

नाटकमा सुलक्षण भारती, सिर्जना अधिकारी, सुजन कार्की, आभास अधिकारी, आर्जेश रेग्मी, उषा किरण, सुरज तमू लगायत कलाकारको अभिनय रहेको छ ।

नाटक जेठ १० गते सम्म चल्नेछ ।