आर्थिक गतिविधि
सेञ्चुरी बैंकको एक्सटेन्सन् काउन्टर सेवा
-
१०,२०७३चैत्र,काठमाडौँ-
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज मिति २०७३-१२-१० गतेबाट आफ्नो सेवामा थप गर्दै टोखा, काठमाडौंबाट चौथो एक्सटेन्सन् काउन्टरको शुरुवात गरेको छ । बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पु-याउने उद्देश्य राखेको छ ।
साथै बैंकको सञ्चालक समितिको २०७३-१२-०९ मा बसेको बैठकले चैत्र ३१ मा छैटौ साधारण सभा गर्ने र उक्त सभामा १०५ बोनस शेयर नाफाबाट प्रदान गर्ने र ४०५ हकप्रद शेयर जारी गर्न स्विकृती लिने प्रस्ताव गरेको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको चालू आ.व.को दोस्रो त्रैमासमा संचालन मुनाफा रु. ३२ करोड ७४ लाख तथा खुद मुनाफा रु. २२ करोड ३९ लाख रहेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले वृद्धि भएको छ ।
हाल सेञ्चुरी बैंककोे चुक्ता पूँजी रु. ३.६८ अर्व रहेको छ । त्यसैगरी, चालु आ.व.को दोस्रो त्रैमासमा बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी रु. २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ ।
२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, ४ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गरेपछि बैंकको शाखा संजाल ९० वटा हुनेछन् ।