Trending :
 

प्रियंकाद्वारा निर्माण गरिएको नेपाली चलचित्र ‘पाहुना’को फष्टलुक सार्वजनिक

जेठ १०,२०७४

-

जेठ १० –

बलिउड अभिनेत्री प्रियंका चोपडाद्वारा निर्माण गरिएको नेपाली चलचित्र ‘पाहुना’को फष्टलुक अर्थात पोष्टर सार्वजनिक भएको छ । उक्त पोस्टरलाई कान्स फिल्म फेस्टिबलमा प्रियंकाकी आमा मधु चोपडाले सार्वजनिक गरेकी हुन् ।

प्रियंका चोपडाले आफु र आफ्नी आमाको ब्यानर पर्पल पेबल पिक्चरसबाट उक्त फिल्म निर्माण गरेकी हुन् ।

सार्वजनिक पोष्टरमा दुई बालबालिकाका तस्विर देखाइएको छ जसमा बालिका एउटा कसौडी जस्तो भाडामा केहि पाकाइरहेकी देखिन्छिन् भने बालक एउटा सानो बच्चालाई हेरिरहेका छन् ।

‘पाहुना’ माओवादी द्वन्द्वमा छुट्टिएका ३ बालबालिकाको जीवनलाई लिएर बनाईएको चलचित्र हो ।