Trending :
 

कोलकातामा पनि निल डेभिड सैलुन

जेठ १०,२०७४

-

जेठ १० -

हेयर स्टाइलिस्ट निल डेभिड कटुवालले भारतका विभिन्न स्थानमा आफ्नो सैलुन विस्तार गर्ने क्रममा कोलकातामा ‘निल डेभिड युनिसेक्स सैलुन’ सुरु गरेका छन् ।

बंगाली चलचित्रकी अभिनेत्री श्रीलेखा मित्राले सो सैलुनको उद्घाटन गरेकी छन् ।

निलले आफ्नो सैलुन नेपालका विभिन्न सहरसहित भारतको पश्चिम बंगालस्थित सिलगुढी, दार्जिलिङ, कालिमपोङ, दुर्गापुर, बंगाल, सिक्किमको गान्तोक र झारखण्डका विभिन्न स्थानमा विस्तार गरिसकेका छन् । यतिबेला उनले कोलकातामा आफ्नो सैलुनको फ्रेन्चाइजी सञ्चालनमा ल्याएका हुन् ।

कोलकाताका लागि स्थानीय सोमा तालुकदारले फ्रेन्चाइजी लिएको पनि निलले जानकारी गराए । यस्तै, सन् २०२० सम्म निल डेभिड्स युनिसेक्स सलुन भारतका प्रमुख सहरमा हुने पनि निल डेभिडले बताए ।