जेठ १०,२०७४
-विविसी
जेठ १० -
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प क्याथोलिक ईसाईहरुका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसबीच भ्याटिकनमा भेटवार्ता भएको छ ।
पोप फ्रान्सिसलाई भेट्न पत्नी मेलानिआ, छोरी इभान्का र ज्वाइँ ज्यारेड कुश्नरसँग ट्रम्प त्यहाँ पुगेका थिए ।
पहिलो विदेश भ्रमणका क्रममा साउदी अरेबियाबाट इजरेल हुँदै ट्रम्प भ्याटिकन सिटी पुगेका हुन् ।
आप्रवास र जलवायु परिवर्तनका मुद्दामा फरक धारणा राख्ने ट्रम्प र पोप फ्रान्सिसबीचको भेटवार्तालाई निकै महत्वका साथ प्रतीक्षा गरिएको थियो ।
ट्रम्पका आलोचकहरुमध्ये पोप फ्रान्सिस एक उच्च व्यक्तित्वमा पर्दछन्।
यसअघि मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने ट्रम्पको योजनाको चर्को आलोचना गर्दै पोप फ्रान्सिसले पुलको सट्टा पर्खाल बनाउनेहरु ईसाई हुन नसक्ने बताएका थिए।
ट्रम्पले बुधबार नै इटलीका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नेछन्।
त्यसपछि उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको सम्मेलनमा भाग लिन उनी ब्रसल्ल जानेछन्।
इजरेल भ्रमणका क्रममा उनले इजरेली र प्यालेस्टिनीबीच शान्ति बहालीका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
प्रमुख समाचार
सम्वन्धित समाचार