कास्कीका कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण

चैत्र १३,२०७५

-

चैत १३,२०७५ कास्की ।
 
पोखरा महानगरपालिका कृषि महाशाखाले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्याक्टर वितरण गरेको छ । महाशाखाको चालू आर्थिक वर्षको कृषि यान्त्रिकरण कार्यक्रमअन्तर्गत विनियोजित रु २५ लाख बजेटबाट ६२ कृषि समूह तथा सहकारीलाई  हातेट्याक्टर वितरण गर्ने योजनाअनुसार मङ्गलबार ३० समूह, सहकारी तथा कृषि फार्मलाई  ट्याक्टर वितरण गरिएको महाशाखा प्रमुख मनहर कडरियाले बताए