Trending :
 

सांसदहरुले समर्थन गरे सत्ता छाड्न तयार छुः बेलायती प्रधानमन्त्री टेरिजा

चैत्र १४,२०७५

-

चैत १४, २०७५ काठमाडौं ।
 
बेलायती प्रधानमन्त्री टेरिजा मेले युरोपियन यूनियनबाट अलग हुने ब्रेक्जिट डिलमा कन्जरभेटिभ पार्टीका सांसदहरुले समर्थन गरे सत्ता छोड्न तयार रहेको बताएकी छन् ।
 
ब्रेक्जिट प्लानका ८ संभावित विकल्पमा भएको मतदानमा हाउस अफ कमन्समा कुनै पनि विषयमा बहुमत प्राप्त नभएपछि प्रधानमन्त्री मेले यस्तो घोषणा गरेकी हुन् ।
 
उनले देश र पार्टीका लागि सही काम गर्ने मौका दिन आफू पूर्व निर्धारित उदेश्यभन्दा पहिले नै पद छाड्न तयार रहेको बताएकी हुन ।
 
बे्रक्जिट डिललाई कुनै पनि हालतमा सफल बनाउन उनले कन्जरभेटिभ पार्टीका सांसदहरुलाई आग्रह गरिन् ।
 
यद्यपी प्रधानमन्त्री मेले पद छाड्ने मितिको बारेमा भने केही उल्लेख गरेकी छैनन् । एजेन्सी