Trending :
 

नेपाल तीव्र आर्थिक विकासको लक्ष्यसहित अघि बढ्न चाहेको छः अर्थमन्त्री

चैत्र १५,२०७५

-

चैत १५,२०७५ काठमाण्डौ । 
अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार तीव्र आर्थिक विकासको लक्ष्यसहित अघि बढ्न चाहेको बताएका छन्। 
 
काठमाडौंमा सुरु भएको लगानी सम्मेलनको उद्घाटनमा बोल्दै मन्त्री खतिवडाले सरकारले तीव्र विकास चाहेकाले नेपालको कर प्रणालीलाई बैज्ञानिक बनाउँदै लैजाने बताए। उनले नेपालमा लगानीको वातावरण बनिसकेकाले अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि अह्वानसमेत गरे।
 
उनले कर प्रणालीमा देखिएका कानुनी समस्यालाई क्रमशः सुधार गर्दै लैजाने प्रतिबद्धता पनि जनाए। दुई दिनसम्म चल्ने सम्मेलनमा ४० बढी देशका लगानीकर्ताको सहभागिता रहेको छ।